सरकारले शक्तिको दरूपयोग गर्यो : सन्तोश परियार

सरकारले शक्तिको दरूपयोग गर्यो : सन्तोश परियार

"0" Comments

रूकुम पश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोश परियारले सरकारले शक्तिको दुरूपयोग गरेको बताएका छन् । पार्टी सभापती रवी लामिछानेलाई पक्राउ परेको सन्दर्भमा बोल्दै उनले यो सरकारको ’सर्वसत्तावादी’ कदम भएको समेत आरोप लगाएका छन् ।

राज्यशक्ति पार्टी बिशेष र व्यक्ति बिशेषका विरूद्वमा योजनावद्व तरिकाले लागेको बताउदैं परियारले भने, ’सहकारी सम्बन्धी संसदिय छनविन समितिको आरोपभन्दा फरक तरिकाले हाम्रो पार्टी सभापतीमाथी भएको यो प्रकारको अन्याय हामि सहदैनौं ।’

रास्वपाको जिल्ला भेलाका क्रममा रूकुम पश्चिम स्थित मुसीकोट पुगेका वेला आज आयोजित पत्रकार भेटघाटमा बोल्दै परियारले सरकारको यो ’अधिनायकवादी प्रवृत्ति’का विरूद्वमा डटेर अघि बढ्ने बताए ।

साथै उनले पार्टीका मुख्य गतिविधी बाहेक अन्य पूर्वनिर्धारित कार्यक्रम तत्काल स्थगित गरिएको पनि जनाएका छन् । ’हामी पार्टी/संगठन निर्माणमा केन्द्रित भैरहेका बेला योजनावद्व तरिकाले हामीमाथी प्रहार भएको छ ।’ उनले थपे ’यो हामीमाथी भएको अत्याचार हो। यसको प्रतिरोध गर्न थप कार्यक्रम र योजनाका साथ हामी अघि बढ्छौं ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *