नेकपा एमाले रुकुम पूर्व चुनावि अभियानमा, जिल्ला कमिटि बैठक तकसेरामा बस्दै

नेकपा एमाले रुकुम पूर्व चुनावि अभियानमा, जिल्ला कमिटि बैठक तकसेरामा बस्दै

"0" Comments

रुकुम पूर्व (तकसेरा) । नेकपा एमाले रुकुम पूर्व मंसिर १६ मा हुने उपनिर्वाचनको तयारीमा जुटेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ । एमालेले पुथाउत्तरगंगामा चुनावि अभियान थालेको हो ।

नेकपा एमाले केन्द्रीय कमिटी सचिव, लुम्बिनी प्रदेश इन्चार्ज तथा पुर्ब मन्त्री पद्मा अर्यालको सहभागितामा २७ गते तकसेरामा पाटीको जिल्ला कमिटिको बैठक बस्दै छ । जिल्ला तथा केन्द्रिय नेताहरु तकसेरामा चुनावि अभियानको लागि पुगिसकेको एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले जानकारी दिए ।

‘हामि चुनावि तयारीमा जुटिसकेका छौ । २७ गते हामिले तकसेरामै जिल्ला कमिटिको बैठक पनि आयोजना गरेका छौ । हामिले त्यो बैठकबाट महत्वपुर्ण निर्णय पनि गर्ने छौ । यस पालि नेकपा एमालेको उम्मेदवारलाई जिताउन सम्पुर्ण पाटीपंक्ति लाग्ने छ ।’, अध्यक्ष गौतमले भने ।

तकसेरामै जिल्ला कमिटिको बैठक बस्दा पाटीप्रति जनताको अपक्षाहरु प्रत्यक्ष रुपमा बुझ्न सकिने एमाले पोलिटव्यरो सदस्य खेममान खड्काले बताए । ‘विस्तारै एमालेप्रति जनताको लोकप्रियता बढ्दै गएकोछ । यो पटकको उपनिर्वाचनमा पनि एमालेका जनप्रतिनिधिलाई नै मतदाताहरुले जिताउने छन् । हाम्रो योजना पनि लोकप्रिय र जनप्रिय भएकाले पनि एमालेलाई जनताले रोज्ने छन् ।’, पोलिटव्यरो सदस्य खड्काले भने ।

नेकपा एमालेले उपाध्यक्ष पदको लागि केशकुमारी तुलाचन र २ नम्बर वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै शनिबार बसेको एमाले केन्द्रिय सचिवालय बैठकले पनि उनीहरुको नाम अनुमोदन गरेसंगै एमाले चुनावि अभियानमा सक्रियताका साथ लागेको हो ।

मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । एमाले–काँग्रेसले गठबन्धन गरेर चुनाव लड्ने योजना पनि बनाएका छन् । सहमति भए एमालेले उपाध्यक्ष र काँग्रेसले वडा अध्यक्षमा उम्मेदवारी दिएर चुनावि गठबन्धन गर्ने बुझिएको छैन । माओवादी केन्द्रले उपाध्यक्ष र वडा अध्यक्षको उम्मेदवारको नाम सिफारिस गरेको भए पनि काँग्रेसले भने अझै पनि नाम सिफारिस गरेको छैन । काँग्रेस गठबन्धनको पक्षमा भए वडा अध्यक्षको उम्मेदवारको मात्रै नाम सिफारिस गर्ने छ ।।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *