एमाले रुकुम पूर्वको विस्तारित बैठक तकसेरामा सम्पन्न
एमाले रुकुम पूर्वको विस्तारित बैठक तकसेरामा सम्पन्न
रुकुम पूर्व । नेकपा एमाले जिल्ला कमिटी रुकुम पूर्वको विस्तारित बैठक बुधबार सम्पन्न भएको छ । स्थानिय तहको आसन्न उपनिर्वाचनका सन्र्दभमाकेन्द्रित भएर पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ स्थित तकसेरामा बैठक आयोजना गरिएको हो ।
बैठक मार्फत यसअघिका जिल्ला ईन्चार्ज नविन रोकालाई धन्यवाद ज्ञापन गर्दै नयाँ ईन्चार्जको जिम्मेवारीमा आएका पोलिटब्युरो सदस्य खेममान खड्कालाई स्वागत गरिएको छ । विभिन्न पार्टी परित्याग गरि आउनेरूलाई एमालेका स्वागत गरिएको जिल्ला कमिटी अध्यक्ष लिलामणी गौतमले जानकारी दिए ।
यसका साथै दोस्रो बैठक देखी हालसम्म केन्द्र र प्रदेश कमिटीबाट जारी अन्तरपार्टी निर्देशन तथा सकुर्लर बैठकमा प्रस्तुत गरिएको बताउदैं अध्यक्ष गौतमले गाउँ कमिटी अध्यक्षहरुले हालसम्मको प्रगती र आगामी योजनाबारे रिर्पोटिङ गरेको र यसअघिका दुईवटा सचिवालय बैठकका निर्णयहरु पनि अनुमोदन गरिएको जनाए ।
‘संगठित सदस्यहरुको सदस्यता नविकरणको बाँकी काम अगामी एक साताभित्र सक्न सम्बन्धित पालिकाहरुलाई निर्देशन गरिएको छ । र एमालेका तर्फबाट विभिन्न तहका निर्वाचित जनप्रतिनिधीहरुको भेला तथा प्रशिक्षण कार्यक्रम उपनिर्वाचन लगत्तै गर्ने निर्णय गरिएको छ’ निर्णयबारे थप जानकारी दिदै अध्यक्ष गौतमले भने, ‘आगामी मंसिर १६ गते पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र २ नं. वडा अध्यक्षको उम्मेदवारको नाम यसअघि नै तय भैसकेको छ । एमालेका उम्मेदावरलाई जिताउन अन्य पार्टी तथा स्वतन्त्र व्यक्तिहरुसंग सहकार्य गर्न सकिने विकल्पलाई खुला गरिएको छ ।’
साथै बैठकबाट निर्वाचनलाई आवश्यक सहयोग, सहजिकरण तथा निर्वाचन परिचालनका लागी अध्यक्ष गौतमको अध्यक्षतामा निर्वाचन परिचालन मुल समिती गठन गरिएको छ भने, उपाध्यक्ष गोपाल रेउलेको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिती र सचिव तेजेन्ज्द्र बुढाको संयोजकत्वमा प्रचार–प्रसार उपसमिती गठन गरिएको छ ।
बैठकमा प्रमुख अतिथीका रुपमा एमाले केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश कमिटी ईन्चार्ज पद्मा अर्याल र अतिथीका रुपमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज खेममान खड्का र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कक्षडेलको बिशेष उपस्थिती रहेको थियो ।