पुथाउत्तरगंगा गाउँपालिका– २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

पुथाउत्तरगंगा गाउँपालिका– २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित

"0" Comments

रुकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन तालिका अनुसार आज उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय दिइएको थियो ।

उक्त समयमा नेपाली काँग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी फिर्ता लिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।

तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ । उम्मेदवारी फिर्ताका लागि दिउँसो ३ बजेसम्मको समय भएकोले त्यसपछि मात्र औपचारिक जानकारी सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *