रुकुम पूर्व एमालेको तिन महिने बिशेष (जरा) अभियानको अन्तरक्रिया
रुकुम पूर्व एमालेको तिन महिने बिशेष (जरा) अभियानको अन्तरक्रिया

रुकुम पूर्व । रुकुम पूर्वमा नेकपा एमालेको तिन महिने विशेष अभियान अन्तरतग अन्तरक्रिया भएको छ । आज रुकुमकोट भएको जिल्ला कमिटी बैठकमा अन्तरक्रिया गरिएकोे हो ।
बैठकमा पालिका कमिटिहरुको रिर्पोटिङ, केन्द्र र प्रदेशबाट जारी गरिएको अन्तरपाटी निर्देशनमा छलफल, आर्थिक प्रतिवेदन प्रस्तुत विभिन्न निकायमा नियुक्ति सिफरिसको अनुमोदन, प्रदेश कमिटीको जिम्मेवारीको फाटफाट लगायत विषयमा छलफल तथा निर्णयहरु भएका छन् ।
त्यस्तै तिन महिने बिशेष अभियानलाई सफल पार्नको लागि जिल्ला स्थीत सम्पुर्ण नेता कार्यक्रतालाई सक्रियताका साथ लाग्न आह्वान पनि गरिएको छ । अभियान अन्तरगत पालिका कमिटीको बैठक, वडा भेला, गाउँ, टोलमा जरा अभियान सफल बनाउने विषयमा छलफल भएको एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले बताए ।
त्यस्तै आजै माओवादी केन्द्र परित्याग गरेर भुमे गाउँपालिका– १ लुकुमका दिल शाही र फुलमान पुन नेकपा एमालेमा प्रवेस गर्नुभएको छ । उनीहरुलाई जिल्ला अध्यक्ष लिलामणि गौतमले स्वागत गरेका हुन् ।