एमाले रुकुम पश्चिमको ‘जरा अभियान’: नेता–कार्यकर्ता पालिका देखी टोलसम्म सक्रिय
एमाले रुकुम पश्चिमको ‘जरा अभियान’: नेता–कार्यकर्ता पालिका देखी टोलसम्म सक्रिय
रुकम पश्चिम । पार्टी–संगठनको शुद्धिकरण, सुदृढीकरण र सवलीकरण गर्ने उदेश्यका साथ एमाले रुकुम पश्चिमले वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तरगत गतिविधीलाई तिब्रता दिएको छ । संक्षिप्तमा ‘जरा अभियान’ नामाकरण गरिएको यस अभियान अन्तरगत पालिका देखी वडा र टोलसम्म बिभिन्न गतिविधीहरु संचालन गरिएका छन् ।
गत माघ १३ गते बसेको जिल्ला कमिटीको बैठकबाट जिल्लाका ६ वटा पालिका र वडा तहमा जरा अभियानको कार्यन्वयनका लागी निर्देश गरे अनुसार काम भैरहेको एमाले प्रचार विभाग प्रमुख जीवन खड्काले बताए ।
‘जिल्लाबाट पालिका र वडा अनि टोलसम्म पार्टी नेताहरु खटिनुभएको छ । पालिकाहरुमा कार्यकर्ता प्रशिक्षण, भेटघाट, सदस्यता नविकरण र नयाँ वितरण, स्थानिय समस्या र सवालमा छलफल आदी कामहरु भैरहेका छन् ।’ उनले भने ।
यस अनुसार मुसीकोट नगरपालिकाका १० वटा वडामा बैठक र एउटा वडामा अधिवेशन सम्पन्न गरेको नगर अध्यक्ष गोकर्ण खड्काले बताए । ‘साथै हामीले नगरपालिकाका २० वटा टोलमा कमिटी निर्माण र जरा अभियानले तोकेका गतिविधीहरु जरी छन् ।’ उनले भने, ‘अब वडा र टोल कमिटीका पदाधिकारी र सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने र सदस्य नविकरणका काममा गरी लागिरहेका छौ ।’
साथै जिल्लाका अन्य पालिका र वडा अनि टोलहरुमा पनि जरा अभियानका गतिविधीहरु जरी रहेको बताईएको छ ।
