नेकपा एमाले रुकुम पूर्वको जरा अभियान गाउँ–गाउँमा

नेकपा एमाले रुकुम पूर्वको जरा अभियान गाउँ–गाउँमा

"0" Comments

रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्व तिन महिने बिशेष (जरा) अभियान अन्तरगत पालिकाहरुमा पुगेको छ । पाटीको तल्लो कमिटिमा विभिन्न गतिविधि संचालन गर्ने योजनातर्जुमाको लागि पालिकाहरुमा पाटीका नेताहरु पुगेका हुन् ।

पाटीले जिल्लाभर बिशेष अभियान संचालन गर्दैछ । जिल्ला कमिटिले अभियानलाई कसरी संचालन गर्ने भन्ने विषयमा पहिले नै योजनातर्जुमा गरिसकेको जिल्ला अध्यक्ष लिलामणि गौतमले बताए । पालिकाहरुमा बैठक, अभिमखिकरण, कार्यक्रता भेटघाट र भेला गर्ने योजना नेकपा एमाले रुकुम पूर्वको छ ।

‘यो केन्द्रको योजना हो । हाम्रो जिल्लामा पनि जरा अभियानबाट पाटीलाई मजवुद बनाउने हाम्रो योजना छ । सोहि अनुसार पाटीले अभियानलाई व्यापक वनाउने योजना बनाएको छ’, अध्यक्ष गौतमले भने । जिल्ला कमिटिले अभियानको लागि योजना बनाए पछि अहिले तिन वटै पालिकाहरुमा कार्यक्रमहरु भैरहेको छ ।

यो अभियान अन्तरगत पाटीका नेताहरु तल्लो कमिटि सम्म पुग्ने छ । पाटीलाई बलियो बनाउने छ । संगठनलाई मजवुद बनाउने छ । यो अभियानमा जिल्लामा उपस्थित केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरका नेताहरु लागि परेको एमाले रुकुम पूर्वले जनाएको छ ।

अभियानको क्रममा पालिका बैठक, वडा भेला, टोल भेला, सदस्यता वितरण र नविकरण जस्ता गतिविधि गर्ने छ । त्यस्तै पाटीको जनवग्रिय संगठनको भेला पनि गर्ने एमाले रुकुम पूर्वको भनाई छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *