माओवादी केन्द्र सिस्ने गाउँपालिका समिति सदस्य दलबहादुर एमालेमा प्रवेश

माओवादी केन्द्र सिस्ने गाउँपालिका समिति सदस्य दलबहादुर एमालेमा प्रवेश

"0" Comments

रुकुम पूर्व । नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका समिति सदस्य दलबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् । आज नेकपा एमाले सिस्ने गाउँपालिका कमिटिको बैठकको अवसरमा उनी एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष लिलामणि गौतमले पाटीमा स्वागत गरेका थिए । अध्यक्ष गौतमले पाटी प्रबेश गराउदै दलबहादुर खड्काले समाजमा गर्नुभएको योगदानको कदर एमालेले गर्ने बताए । त्यस्तै खड्काको अवको एमालेको राजनितिक यात्राको लागि शुभकामना पनि व्यक्त गरे ।

बैठकमा बोल्दै नवप्रवेशी दलबहादुर खड्काले मुलुक र समाजको परिवर्तन एमालेले गर्नसक्ने भएकाले आफ्नो बाँकी राजनितिक यात्रा एमालेसंगै रहेर विताउने बताए । त्यस्तै सोहि अवसरमा सिस्ने ५ निवासी गोपाल कार्कीलाई पनि नेकपा एमालेमा स्वागत गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *