रुकुम पश्चिममा नेपाल बुद्धिजीवी परिषदको नयाँ समिति चयन
रुकुम पश्चिममा नेपाल बुद्धिजीवी परिषदको नयाँ समिति चयन
रुकुम पश्चिम । नेपाल बुद्धिजीवी परिषद्को आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज नेकपा एमाले रुकुम पश्चिमको कार्यालय मदन आश्रित स्मृति भवन बागबजारमा सम्मेलन सम्पन्न भएको हो । अधिवेशनले दामोदर पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा शारदा डागी र लक्ष्मिप्रशाद लम्साल, सचिवमा अकविर घर्ती, सह सचिवमा दिपेन्द्र शाह र कोषाध्यक्षमा भगवान केसी चयन हुनुभएको छ । उद्घाटनसत्रको अध्यक्षता ढुन्डिराज शर्माले गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का केन्द्रिय सदस्य उपेन्द्र विकको प्रमुख आतिथ्यता रहेको थियो । एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाको विशेष आतिथ्यता रहेको थियो ।।
