यो बर्ष पनि कमलको जरा निकाल्न ठेक्का
यो बर्ष पनि कमलको जरा निकाल्न ठेक्का
रुकुम पूर्व । यो बर्ष पनि कमलको जरा निकाल्न सिस्ने गाउँपालिकाले टेन्डर आह्वान गरेको छ । कमलको जराबाट गाउँपालिकाले आम्दानी लिदै आएको छ ।
यो बर्ष पनि कमलको जरा सङ्कलन तथा निकासीका लागि टेन्डर आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिए । गाउँपालिकाले आइतबार सिलबन्दी दरभाउ पत्र आह्वान गरेको हो । कमलको जरा निकाल्न व्यक्ति, संस्था वा कम्पनी जुनसुकैले पनि टेन्डर हाल्न पाउने छन् । यो वर्ष पनि न्यूनतम ठेक्का कबोल रकम एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सिलबन्दी खरिद दस्तुर १ हजार तोकिएको छ भने सिलबन्दी खरिदको अन्तिम मिति फागुन २६ गते कार्यालय समयभित्र रहेको छ भने फागुन २७ गते मध्यान्ह १२ बजेभित्र सिलबन्दी पेस गर्ने अन्तिम मिति तोकिएको छ । सोही दिन दिउँसो १ बजे सिलबन्दी खोलिने सिस्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
