सिस्ने गाउँपालिकाका ६७ जना सहिद परिवार सम्मानित

सिस्ने गाउँपालिकाका ६७ जना सहिद परिवार सम्मानित

"0" Comments

रुकुम पूर्व । रुकुम पूर्व सिस्ने गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । पालिकाले ६७ जना सहिद परिवारलाई दोसल्ला ओढाएर तथा एक÷एक वटा कुकरप्रेस प्रदान गरी सम्मान गरेको हो ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीका अनुसार, शसस्त्र विद्रोह, जन आन्दोलन र विभिन्न आन्दोलनका क्रममा राज्य तथा विद्रोही पक्षबाट सहादत प्राप्त गरेका सहिद परिवारहरूलाई पहिलो पटक सम्मान गरिएको हो । “सहिदहरूको योगदानको कदर गर्दै पालिकाले उनीहरूका परिवारलाई सम्मान गरेको हो,” उनले भने ।

पालिका सूचना अधिकारी अरुण ओलीका अनुसार, सशस्त्र द्वन्द्वका क्रममा सिस्ने गाउँपालिकाभित्र ६७ जना सहिद भएका थिए । यी सबै सहिद परिवारलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा सहभागी सहिद परिवारले आफूहरूले स्थानीय सरकारबाट सम्मान पाएकोमा खुसी व्यक्त गरेका छन् । सम्मान कार्यक्रमले सहिद परिवारहरूप्रति स्थानीय सरकारको सम्मान भाव मात्र नभई उनीहरूलाई समाजमा गरिमा सहित स्थान दिलाउने प्रयास गरेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *