अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा लगाइयो

अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा लगाइयो

"0" Comments

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएर छाडेको छ ।
अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मना लगाएको हो ।

ब्यूरोका एसपी नरेन्द्र कुँवरका अनुसार, उनीहरुमार्फत मानवतस्करीको कुनै नेक्ससबारे जानकारी आउँछ कि भन्ने हिसाबले सोधपुछ गरिएको थियो । ‘तर, उहाँहरुमध्ये धेरैले त्यस्तो सूचना दिने इच्छा व्यक्त गर्नुभएन’, उनले भने, ‘अमेरिका पुग्नुअघि उहाँहरु विभिन्न मुलुक भिजिट भिसामा जानुभएको थियो, त्यसबाहेक व्यक्तिगत लेनदेनका कुराहरु खुलाउन चाहनुभएन ।’

अहिले उनीहरुलाई परिवारको जिम्मा लगाइए पनि रेडर्क राखिएकाले पछि समेत यो मामलालाई ब्यूरोले फलोअप गरिरहने उनले बताए ।

ग्रिफान एयरको बुधबार चार्टर्ड विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।

ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरुसँग विविध विषयमा सोधपुछ गरेको थियो । त्यसक्रममा उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याएको खुलेको थियो ।
ट्रान्जिटपछि खुट्टाको चेक भने खोलिदिएको एक जनाले बताएका छन् ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *