सिस्ने गाउँपालिकाले सञ्चालन गरेको लोकसेवा तयारी कक्षा सम्पन्न
सिस्ने गाउँपालिकाले सञ्चालन गरेको लोकसेवा तयारी कक्षा सम्पन्न
रुकुम पूर्व । सिस्ने गाउँपालिकाले सञ्चालन गरेको लोकसेवा आयोग तयारी कक्षा सफलतापूर्वक सम्पन्न भएको छ। पौस १ गतेदेखि सुरु भएको यो तयारी कक्षा तीन महिनासम्म सञ्चालन भई आज औपचारिक रूपमा समापन गरिएको हो।
समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण रेमीले सहभागीहरूलाई अध्ययन गर्ने बानीको विकास गर्न आग्रह गर्दै भने, “उमेर भनेको केवल उमेर मात्र होइन, यो पढ्ने, सिक्ने र आफ्नो क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण समय पनि हो।” उन्ले डिजिटल प्रविधिको सही र भरपुर उपयोग गर्दै लोकसेवा परीक्षामा रुकुम पूर्वको नाम अग्रपंक्तिमा ल्याउन आवश्यक रहेको उल्लेख गरे।
यस तयारी कक्षा सञ्चालनमा विभिन्न व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको थियो। कक्षा सञ्चालनमा रेवत बहादुर बुढाथोकी, देविलाल बिक, अरुण कुमार ओली, जीवन कुमार खड्का, रविन्द्र बुढाक्षेत्री, भोला तिवारी, तिलक गौतम, हिरामनी गौतम, कर्ण बहादुर के.सी. र ठकेन्द्र खत्रीले भूमिका निभाएका थिए।
नियमित ६० जना सहभागी रहे पनि भुमे पुथाका समेत गरी कूल १०८ जना लाभान्वित भएका थिए। सहभागीहरूलाई थप प्रभावकारी बनाउन लोकसेवा आयोगका प्रथम द्वितीय र तृतिय तहाका १० वटा पुस्तक वितरण गरिएको थियो भने ५ पटक सम्म अनुभवका लागि नमुना परीक्षा पनि सञ्चालन गरिएको थियो।
समापन कार्यक्रममा सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत उपस्थिति रहेको थियो। उनले यो तयारी कक्षा गाउँपालिकाको शिक्षा र मानव संसाधन विकासको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाले सञ्चालन गरेको यस पहलले ग्रामीण भेगका विद्यार्थीहरूलाई लोकसेवा परीक्षामा प्रतिस्पर्धी बनाउन सहयोग पु¥याएको छ। यसलाई भविष्यमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको व्यवस्थापक समुहले जनाएको छ।

Nếu đang tìm nơi dễ thao tác thì có thể thử sportzfy app . TONY09-18