सिस्ने शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीको जित
सिस्ने शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीको जित

रुकुम पूर्व । जिल्लाको एकमात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पस रुकुमकोटमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अखिल क्रान्तिकारीले जित हात पारेको छ । मंगलबार भएको निर्वाचनमा माओवादी केन्द्र निटक अखिल क्रान्तिकारीका उम्मेदवार अम्मर खत्रीको प्यानल विजयी भएको हो।
खत्री एक सय ३५ मत पाएर अध्यक्षमा विजय हुदाँ उनकाका प्रतिस्पर्धी एमाले निकट अनिरास्ववियुका अनिशकुमार आचार्यले ३४ र काँग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार अर्जुन बुढाले २५ मत पाएका थिए।
स्ववियुको नविनिर्वाचित सचिवमा अखिल क्रान्तिकारीका विशाल घर्ती, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै अनुपा विक निर्वाचचित भएको निर्वाचन समितीले समितिले बताएको छ ।
सदस्यमा अखिल क्रान्तिकारीकै गंगा सार्की, उषा छिनाल, सुधा ओली, उषा थापा र सुनिता रोका विजयी भएका छन् ।