संविधान र गणतन्त्रको पक्षमा एमाले रुकुम पूर्वद्वारा र्याली तथा जागरण सभा
संविधान र गणतन्त्रको पक्षमा एमाले रुकुम पूर्वद्वारा र्याली तथा जागरण सभा
रुकुम पूर्व । संविधान र गणतन्त्रको सुदृढीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेकपा (एमाले) जिल्ला कमिटी, रुकुम पूर्वद्वारा र्यालीसहित भव्य जागरण सभा सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीका उच्च तहका नेताहरू, कार्यकर्ताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
र्याली स्थानीय बजार क्षेत्र तथा मुख्य सडक हुँदैटाकुरा, बाहुनथाना, कमलदह, कैचिमोड हुदैं छिप्रिदह स्थित पिपलबोटमा पुगेर सभामा परिणत भएको थियो।
सभामा सम्बोधन गर्ने क्रममा एमालेका नेताहरूले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, देशको समृद्धि, स्थायित्व र जनताको अधिकार सुनिश्चित गर्न जनस्तरबाट समेत निरन्तर समर्थन आवश्यक रहेको बताएका छन्।
कार्यक्रमका क्रममा विभिन्न नेताहरूले वर्तमान राजनीतिक अवस्थाका बारेमा धारणा राख्दैं संविधानविरोधी गतिविधिहरूलाई रोक्न सचेत रहन सबै नागरिकलाई आह्वान गरे । साथै, सरकारले अघि सारेका विकासका एजेन्डाहरूलाई पूर्णता दिन नागरिक, पार्टी कार्यकर्ता तथा स्थानीय तह सबैले एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइयों ।
लुम्बिनी प्रदेश कमिटी सदस्य फत्ते ओलिले कार्यक्रममा आफ्नो भनाई राख्दै संविधानप्रति जनचेतना अभिवृद्धि गर्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण तथा सामाजिक जागरणमा महत्वपूर्ण योगदान दिने उद्देश्यले गरिएको बताईन् ।

Good https://is.gd/N1ikS2
https://shorturl.fm/YvSxU
https://shorturl.fm/TbTre
https://shorturl.fm/YvSxU
https://shorturl.fm/YvSxU
https://shorturl.fm/XIZGD
https://shorturl.fm/47rLb
https://shorturl.fm/0oNbA