एमाले रुकुम पूर्वले आयोजना गर्दैछ पालिका स्तरमा जनप्रदर्शन
एमाले रुकुम पूर्वले आयोजना गर्दैछ पालिका स्तरमा जनप्रदर्शन
रुकुम पूर्व । ‘लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागी’ भन्दै नेकपा एमाले रुकुम पूर्वले जनप्रदर्शन गर्ने तयारी गरेको छ । भोली मंगलबार भुमे गाउँपालिकामा कार्यक्रमको आयोजना गरिने बताईएको छ ।
नेकपा एमाले रुकुम पूर्वका जिल्ला कमिटी अध्यक्ष लिलामणी गौतमका अनुसार सिस्ने गाउँपालिकाको वडा नं. ३ पोखरामा, भुमे गाउँपालिकाको वडा नं. १ लुगुममा र पुथाउत्तरगंगा गाउँपालिकाको वडा नं. १० तकसेरामा जनप्रदर्शनको आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
‘देशमा भएको प्रतिगामी षडयन्त्रविरुद्ध आवाज वुलन्द गर्दै लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागी जनस्तरबाट दबाब दिन यो कार्यक्रम तय गरिएको हो ।’ अध्यक्ष गौतमले भने ‘पार्टीको केन्द्रिय कार्यक्रम अन्तरगत नै यो देशव्यापी रुपमा नै गरिदै छ हामी पनि त्यसक निरन्तरताका लागी यो कार्यक्रम गर्दै छौं ।’
साथै यही कार्तिक २९ गते जिल्ला स्तरिय कार्यक्रम जिल्ला सदरमुकाम रुकुमकोटमा आयोजना गरिने पनि एमाले रुकुम पूर्वले जानकारी दिएको छ ।
