लोकतन्त्र जगेर्ना र  संविधानको रक्षाका लागी एमालेले गर्‍यो जनप्रदर्शन

लोकतन्त्र जगेर्ना र  संविधानको रक्षाका लागी एमालेले गर्‍यो जनप्रदर्शन

"1" Comments

रुकम पूर्व । जेनजी आन्दोलन पछी बिग्रिदै गएको देशको राजनीतिक अवस्था पश्चात देशको पहिलो कम्युनिष्ट पार्टी नेकपा एमालेले परिस्थितीलाई लयमा ल्याउन बिभिन्न गविधिहरु संचालन गरिरहेको छ । यसै अन्तरगत आज देशभर जनप्रदर्शनका गरेको छ ।

यसै अन्तरगत रुकुम पूर्वमा पनि लोकतन्त्र जगेर्ना र संविधानको रक्षा तथा संसद पुनस्थापनको माग लागी एमालेले गर्‍यो जनप्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रिय सल्लाहकार परिषद् सदस्य नन्दलाल शर्मा लगाएतका नेताहरुको बिशेष उपस्थितीमा जिल्ला सदरमुकाम रुकुमकोटमा जनप्रदर्शन तथा र्‍याली आयोजना गरिएको हो ।

नेकपा एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष लिलामणी गौतमका अनुसार सदरमुकाममा र्‍याली सहितको कार्यक्रम गरिएको हो । र्‍यालीले बजार परिक्रमा गरेर चोकबजारमा सभामा परिणत भएको गौतमको भनाई छ ।

जेनजी आन्दोलनका नाममा देशमा अराजकता बढेको र यसपछी मुलुक अराजकतातर्फ अघि बढेको भन्दै यसलाई लयमा ल्याउन पार्टीले सकेको प्रयास गरिरहेको र आगामी दिनमा पनि गर्ने अध्यक्ष गौतमले बताए ।

‘लोकतन्त्र जगेना र संविधानको रक्षा हाम्रो पहिलो जिम्मेवारी हो । यसका लागी हामी सकेको काम गर्छौ । देश र जनताका पक्षमा आवाव वुलन्द पार्छौं ।’


One thought on “लोकतन्त्र जगेर्ना र  संविधानको रक्षाका लागी एमालेले गर्‍यो जनप्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *