एमालेको ११ औं महाधिवेशन आजदेखी, रुकुम पूर्वबाट तिन जनाले गर्दैछन् केन्द्रिय सदस्यमा दाबी

एमालेको ११ औं महाधिवेशन आजदेखी, रुकुम पूर्वबाट तिन जनाले गर्दैछन् केन्द्रिय सदस्यमा दाबी

"0" Comments

रुकुम पूर्व । नेकपा एमालेले ११ औं महाधिवेशन आज भक्तपुरको सल्लाघारीमा भव्यताका साथ उद्घाटन पश्चात सुरु हुदैंछ । यस महाधिवेशन मार्फत रुकुम पूर्वबाट तिन जनाले केन्द्रिय सदस्यका लागी उम्मेदवारी दिने बताईएको छ ।

हाल एमालेको पोलिटब्लयुरो सदस्य खेममान खड्का, पुराना नेता नन्दलाल शर्मा र जिल्ला अध्यक्ष लिलामणी गौतमले यस माहाधिवेनबाट केन्द्रिय सदस्यका लगी रुची देखाएको युवा संघका केन्द्रिय सदस्य तथा रुकुम पूर्वका यवा नेता अनिल केसीले बताए । उनका अनुसार रुकुम पूर्वबाट नन्दलाल शर्मा, लिलामणी गौतम, बागलाल बुढा मगर, भावना बुढाथोकी र गोपाल प्रसाद सुनार गरेर ५ जना महाधिवेशन प्रतिनिधी चुनियर महाधिवेशनका लागी भक्तपुर पुगेका छन् । साथै यसमा आयोजक प्रतिनिधीमा खेममान खड्का तथा आयोजक परेवेक्षकमा लजिम पुन र चुडामणी गौतम पनि रहेका छन् ।

यिनै प्रतिनिधी मध्येबाट खेममान खड्काले खुलाबाट, लिलामणी गौतमले युवा कलष्टरबाट र नन्दलाल शर्माले भुगोल लुम्बिनी प्रदेशको खुलाबाट केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी दिने तयारी गरेको पनि युवा नेता केसीले स्पस्ट पारे ।

पार्टीको पोलिटब्युरो सदस्य भएर संगठनमा निरन्तर काम गरिरहेकाले अब थप अगाडी बढ्न खेममान खड्का केन्द्रिय सदस्य हुनु जरुरी रहेको बताउदैं जिल्ला अध्यक्ष तथा महाविधेन प्रतिनिधी लिलामणी गौतमले जिल्लाका पुराना र सबैका अग्रज नन्दलाल शर्माको पनि केन्द्रिय सदस्यमा दावी पुग्ने बताएका छन् । साथै उनले आफु तत्कालिन समयमा अनेरास्ववियुको केन्द्रिय नेतृत्व पनि चलाएको र पार्टीको भुगोलमा समेत खटिएर नेतृत्व गरी राम्रो अनुभव संगालेका कारण युवा कलष्टर केन्द्रिय सदस्यका लागी योग्य भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *