नेपाल राष्ट्रीय शिक्षक संगठन रुकुम पूर्वद्धारा दशैं–तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

नेपाल राष्ट्रीय शिक्षक संगठन रुकुम पूर्वद्धारा दशैं–तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

"3" Comments

रुकुम पूर्व । नेपालीका महान चाडहरु दशैं–तिहारका साथै छठ पर्वको अवसरमा नेपाल शिक्षक संगठन जिल्ला समिती रुकुम पूर्वले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । जिल्ला सदरमुकाम रुकुमकोटमा हिजो आईतबार एक बिभिन्न अतिथिहरुको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो ।

आपसी सद्भाव र प्रेम बढाउन तथा चाडबाडको आवसरमा भेटघाटलाई जोड दिन यो कार्यक्रमको आयोजना गरिएको संगठनका अध्यक्ष हरि बहादुर थापाले बताए । ‘हामी हरेक बर्ष यसप्रकार कार्यक्रम आयोजना गर्छौ र यस बर्ष पनि त्यसैको निरन्तरता स्वरुप यो कार्यक्रम गरिएको हो ।’ उनले भने ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल राष्ट्रीय शिक्षक संगठन केन्द्रीय सदस्य हेमा बुढाथोकी, बिशेष अतिथि तथा प्रमुख बक्ताका रुपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज खेममान खड्का, बिशेष अतिथिका रुपमा नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटा र अतिथिका रुपमा नेपाल राष्ट्रीय शिक्षक संगठन कर्णाली प्रदेशका पुर्व इन्चार्ज संगम केसी, नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्यद्वय नन्दलाल शर्मा र चुडामणी गौतम तथा नेकपा एमाले रुकुम पुर्वका उपाध्यक्ष गोपाल रेउले लगाएत एमालेका सुवेच्छुक, शुभचिन्चकका साथै बिभिन्न जनबर्गीय संगठनका अगुवा नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको बताईएको छ ।

कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष हरि बहादुर थापाले गरेका थिए भने कार्यक्रमको संचालन संगठनका सचिव वेगम केसीले गरेका थिए ।

संगठनले जेन–जी आन्दोलन पश्चात देशमा उत्पन्न पछिल्लो अबस्थाका बारेमा प्रशिक्षणमुलक संदेश सहितको शुभकामना आदानप्रदान संगै चियापान गरिएको थियो ।

जिल्लामा पार्टी–संगठनका गतिविधिलाई हर समय चलायमान राख्न बिभिन्न समसामयिक कार्यक्रम आयोजना गरिने गरेको बताउदैं जिल्ला अध्यक्ष लिलामणी गौतमले यस कार्यक्रममा आफु भौतिक रुपमा उपस्थित हुन नसकेपनि दशैं–तिहार र छठ पर्वको शुभकामना दिएका छन् । साथै उनले यो कार्यक्रम आयोजना गरेकोमा शिक्षक संगठन र सम्बन्धित सबैलाई धन्यवाद पनि दिएका छन् ।


3 thoughts on “नेपाल राष्ट्रीय शिक्षक संगठन रुकुम पूर्वद्धारा दशैं–तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *