रुकुम पूर्व महोत्सवमा भोली एलिना चौहान र जय देवकोटाको आउदैं

रुकुम पूर्व महोत्सवमा भोली एलिना चौहान र जय देवकोटाको आउदैं

"3" Comments

रुकुम पूर्व । गत चैत २३ गतेदेखी सुरु भएको पूर्वी रुकुम संस्कृती, पर्यटन, कृषी तथा व्यापार महोत्सवमा भोली प्रस्तुती दिन (मंगलबार) गायिका एलिना चौहान र गायक जय देवकोटा आउने भएका छन् । महोत्सवको चौथो दिन आज बालकलाकार सुप्रिम मल्ल र पुर्णिमा सेनले प्रस्तुती दिएका थिए ।

‘समृद्ध रुकुम पूर्वको आधार, कला संस्कृतीको पहिचान’ भन्ने मुल उद्घोषका साथ सुरु भएको महोत्सवको पाँचौ दिन भोली चौहान र देवकोटाले धमेकेदार संगितिक प्रस्तुती दिने महोत्सव व्यवस्थापक प्रकाश रन्काले जानकारी दिए ।

अठाले ग्रुप प्रा.ली.को आयोजनामा चलिरहेको महोत्सवको सह आयोजकका रुपमा पूर्व रुकुम उद्योग बाणिज्य संघ रहेको छ भने सिस्ने गाउँपालिका यसको प्रवद्धकका रुपमा छ ।


3 thoughts on “रुकुम पूर्व महोत्सवमा भोली एलिना चौहान र जय देवकोटाको आउदैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *