अरनिको यातायात र रुकुमकोट यातायात प्रालीको सहकार्यमा रुकुमकोट देखि काठमाण्डौं सम्म बस सेवा
अरनिको यातायात र रुकुमकोट यातायात प्रालीको सहकार्यमा रुकुमकोट देखि काठमाण्डौं सम्म बस सेवा
रुकुम पूर्व । अरनिको यातायात प्राली र रुकुमकोट यातायात प्राली बिचको साझेदारीमा आज देखि रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट काठमाडौं लागि बस सेवा सुरु गरिएको छ । रुकुमकोटमा आज एक कार्यक्रमको आयोजना गरेर यातायात सेवा सुरु गरिएको हो ।
यस प्रा.ली.का बसले आजबाट रुकुमकोट देखी काठमाण्डौं र काठमाण्डौं देखी रुकुमकोटसम्मको यातायात सेवा दिने रुकुमकोट यातायात प्रालिका कोषाध्यक्ष सनम गौतमले जानकारी दिए । रुकुमकोटबाट काठमाडौंका लागी विहान १०.३० बजे र काठमाडौं देखि रुकुमकोटका लागी दिउँसो १२.३० बजे बस छुट्ने गौतमको भनाइ छ ।
बस सेवा मध्यपहाडी लोकमार्ग भएर संचालन गर्ने योजना रहेको छ । रुकुमकोट देखि काठमाडौं सम्म ५ वटा स्तरिय बस र रुकुमकोट देखी दाङका लागि पनि ७ वटा फोर्स गाडि संञ्चालन गर्ने योजनाबारे पनि कोषाध्यक्ष गौतमले स्पस्ट पारे । यसैगरी जिल्ला भित्रका बिभिन्न स्थानिय रुटमा पनि रुकुमकोट यातायात प्रालिका सवारी साधनहरुले सेवा दिइरहेको बताईएको छ ।