आगलागीमा परी एकजनाको मृत्यु, चारवटा घरमा पुर्ण क्षती
आगलागीमा परी एकजनाको मृत्यु, चारवटा घरमा पुर्ण क्षती
रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका-३ निपानेको जंगलमा आगलागीमा परी एकजनाकाे ज्यान गएको छ । जंगलमा लागेको आगो आफ्नो घरतर्फ आएपछी निभाउन खोज्दा स्थानिय ७० बर्षिया बुदी कामीको ज्यान गएको हो ।
गाउँ नजिकैको जंगलमा आज दिउँसोबाट लागेको आगो आफ्नो घरतर्फ आएपछी निभाउन प्रयास गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए । आगलागीका कारण गाउँका चारवटा घरमा पनि पुर्ण क्षती पुगेको बताईएको छ ।
मृतक वुदी कामीका साथै युवराज विक, अनन्त विक र धनबहादुर बाहोराको घरमा समेत अगलागी भएको प्रहरी निरिक्षक श्रेष्ठको भनाई छ । ‘आगो लाग्ने क्रम अहिले पनि जारी छ । मानविय र अन्य क्षती हुन नदिन के गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौ ।’ उनले भने, ‘स्थानियबासीको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिरहेका छौं ।’
यो घटनाको थप पुष्टी गर्दै गाउँपालिका अध्यक्ष जनककुमार वाठाले घटनास्थालमा स्थानिय र प्रहरी खटिएर आगो निभाउने र थप क्षती हुन नदिने प्रयास भैरहेको बताए ।
खडेरी याममा अगलागीका कारण रुकुम पश्चिमका बिभिन्न वन–पाखाहरुमा ठुलो क्षती भएको छ । बर्षेणी अनेकन् प्रयास गर्दापनि आगलागीमा कमी आउन सकेको छैन । साथै आगलागीमा संलग्नलाई खोजी गरी कारवाही गर्ने काममा पनि सरोकारवाल चुकेको देखिन्छ ।