बुवाआमा स्मृति प्रतिष्ठान अक्षयकोषले नमुना विद्यालयलाइ आर्थिक सहयोग गर्ने
बुवाआमा स्मृति प्रतिष्ठान अक्षयकोषले नमुना विद्यालयलाइ आर्थिक सहयोग गर्ने
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोटमा रहेको बुवाआमा स्मृति प्रतिष्ठान अक्षयकोषले पालिकामा रहेका प्राथामिकतह अन्तरगत नमुना विद्यालय छनोट गरि शैक्षिक सुधारको लागि आर्थिक सहयोग गर्ने भएको छ । आज बसेको प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो ।
पालिकामा रहेको प्राथामि विद्यालयहरुलाई नमुना विद्यालय छनोटको लागि प्रस्तावना आह्वान गरिएको छ । प्रतिष्ठानले माग गरे अनुसार प्रस्तावना आएमा रत्नबहादुर केसीको संयोजकत्वमा रहेको समितिले नमुना विद्यालय छनोट गर्ने प्रतिष्ठान अक्षयकोषका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए ।
समितिमा जोखबहादुर चन्द, टोपजंग मल्ल र शारादा चन्द रहेका छ्न । प्रस्तावना उपर समितिलेनै छलफल गर्ने अध्यक्ष केसीको भनाई छ । प्रस्तावना उपर छलफल पछि छनोट भएको प्राथामिकतहको विद्यालयलाई प्रतिष्ठान अक्षयकोषबाट शैक्षिक सुधारको लागि ३ वर्ष सम्म आर्थिक सहयोग गरिने अध्यक्ष केसीले भनाई छ । पहिलो वर्ष ७५ हजार, दोस्रो वर्ष १ लाख र तेस्रो वर्ष १ लाख ५० हजार रकम सहयोग गर्ने योजना प्रतिष्ठानको रहेको छ ।
त्यस्तै गणतन्त्र दिवसको अवसरमा प्रतिष्ठानले विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने भएको छ । जेठ १५ गते कक्षा (९–१०) स्तरिय वक्तितृकला प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार, तेस्रो हुनेले २ हजार र सान्तोना हुने विद्यार्थीले १ हजार पुरस्कार पाउने छन् । त्यस्तै कक्षा (६–८) सम्मको हाजिर जवाफ प्रतियोगिता पनि सञ्चालन हुने छ ।
प्रथम हुने विद्यालयले ६ हजार, दोस्रो हुने विद्यालयले ४५ सय, तेस्रो विद्यालयले ३ हजार र सान्तोना हुने विद्यालयले १५ सय पुरस्कार पाउने छ । त्यस्तै प्रतिष्ठानले छात्रवृति प्राप्तीको लागि वविद्यार्थीहरु छनोट गरि पठाउन पालिकामा रहेका विद्यालयहरुमा अनुरोध गरेको छ । विद्यालयहरुले विद्यार्थी छनोट गरेर पठाए मात्र छात्रवृति वितरणको मिति तोकिने प्रतिष्ठानले जानकारी गराएको हो ।
त्यस्तै अक्षयकोष प्रतिष्ठानमा पछिल्लो समय आर्थिक सहयोग गर्ने रामप्रशाद केसी, विपि रिजाल, लिलाराम विक र गोपाल केसीलाई धन्यवाद ज्ञापन गरिएको छ । प्रतिष्ठानमा अहिले ४० लाख रकम रहेको अध्यक्ष केसीले जानकारी गराए।