अझैं आएन ‘छोरी बुहारी छात्रवृति’ कार्यक्रमको बजेट
अझैं आएन ‘छोरी बुहारी छात्रवृति’ कार्यक्रमको बजेट
रुकुम पश्चिम । रुकुम पश्चिममा कर्णाली प्रदेशको ‘छोरी बुहारी छात्रवृति’ कार्यक्रम अन्तरग चालुआर्थिक बर्ष सकिदा सम्म पनि बजेट आउन सकेको छैन । यो आर्थिक वर्षमा प्रदेश सरकारबाटै ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रमको लागि बजेट छुटेकाे छ ।
यो बर्ष ‘छोरी बुहारी छात्रवृति’ कार्यक्रमको लागि बजेट भने भदौमै माग गरिएको सामाजिक विकास कार्यालय रुकुम पश्चिमका प्रमुख धनन्जय आर्चायले बताए । यो वर्ष २० जना लागि ‘छोरी बुहारी छात्रवृत्ति’ रकम माग गरिएको उनको भनाई छ ।
कार्यक्रम सुरु भए देखि जिल्लामा ५४ जना छोरी बुहारीले छात्रवृति पाएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा कर्णाली प्रदेश सरकारले छोरी बुहारी छात्रवृति कार्यक्रम संचालन गरेको थियो । कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्षमा प्रदेशबाट २ जनालाई छात्रवृति प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ बाट जिल्लामा रहेको समाजिक विकास कार्यालयबाट छात्रावृति दिन थालेको हो ।
आर्थिक वर्ष २०७६÷७७ मा १० जनाले, २०७७÷७८ मा १० जना, २०७८÷७९ मा २० र गत आर्थिक वर्षमा १२ जना गरि ५४ जनाले छात्रवृति पाएका हुन् । आर्थिक वर्ष ७५÷७६ मा प्रदेश निर्देशनालयले छात्रवृति वितरण गरेको र जिल्लामा त्यसको तथ्याङ्क नभएकाले कति छात्रवृति पाएको छन् भन्ने जानकारी नभएको सामाजिक विकास कार्यालय प्रमुख आर्चायले बताए ।
उनका अनुसार दुई आर्थिक वर्षमा १ लाख र गत आर्थिक वर्षमा ५० हजारका दरले छात्रवृति वितरण गरिएको हो । ३ बर्षे प्राविधिक शिक्षा अध्यन गरिरहेका छोरी बुहारीलाई मात्र एक वर्ष छात्रवृति प्रदान गर्ने गरिएको प्रमुख आर्चायको भनाई छ । आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ मा १ लाख र २०७८÷७९ मा ५० हजार मात्रै छात्रवृति प्रदान गरिएको हो ।
यो कार्यक्रमले आर्थिक अभावमा पढ्न नपाएका छोरी बुहारीलाई सहयोग पुगेको छ । तर कार्यक्रम भने प्रभावकारी नभएको पाईएको छ । तिन बर्षे विषय अध्यन गर्नेहरुलाई मात्र छात्रवृति वितरण गर्ने गरिएकोमा एक वर्ष मात्र छात्रवृति उपलब्ध गराईने भएकाले कार्यक्रम प्रभावकारी नदेखिएको हो । एक जनालाई ५० हजार मात्रै छात्रवृति उपलव्ध गराउने गरिएको छ ।