क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर

क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर

"0" Comments

काठमाडौं  । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डौको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत काठमाण्डौले आठ वर्ष कैद र पाँच लाख जरिबानाको सजाय सुनाएको थियो । यो फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

२०७९ सालको भदौ २१ गते गौशाला २६ (नाम परिवर्तन) ले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । उच्च अदालतको यो फैसलासँगै सन्दीपले टी–२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ । जिल्ला अदालतले दोषी ठह¥याएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई निलम्बनमा राखेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *