यातायात व्यवस्था कार्यालयको छड्के अुनगमण
यातायात व्यवस्था कार्यालयको छड्के अुनगमण
रुकुम पश्चिम । यातायात व्यवस्थापन कार्यालय चौरजहारीले छड्के अनुगमण गरेको छ । आज मुसीकोट नगरपालिका– ४ को सितलपोखरीमा छड्के अनुगमण गरिएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा अनुगमण गरिएको थियो ।
राप्ती राजमार्ग र मध्यपहाडी राजमार्गमा गुड्ने सवारी साधनहरुको अनुगमण गरिएको हो । अनुगमणको क्रममा बस तथा मिनिबस १० वटा, जिप तथा कार २ र मोटरसाईल, स्कुटर ६ वटा गरेर १८ वडा सवारी साधन कार्वाहीमा परेका छन् ।
बस तथा मिनिबसबाट १३ हजार ५ सय, जिप तथा कारबाट १ हजार ५ सय र मोटरसाईकल तथा स्कुटरबाट ४ हजार ५ सय रुपैंया जरिवाना गरिएको यातायाता व्यवस्था कार्यालय चौरजहारीका प्रशासकीय अधिकृत देवबहादुर चन्दले जानकारी दिए ।
१० वटा बस तथा मिनिबस, ६ वटा जीप तथा कार, दुई वटा ट्याक्टर, सात वटा अटो, एक टिपर र ५५ वटा मोटरसाइकल जाँच गरिएको हो । अनुगमणको क्रममा सवारी साधनको यान्त्रिक परिक्षण, आवश्यक कागजात, काजगात नविकरण गरे नगरेको लगायतको अनुगमण गरिएको थियो । अनुगमणको क्रममा अनुमति विना सवटप तथा छत जडान गरिएको, गाडीमा प्रयोग हुने लाईटहरु विग्रिएको पाइएको थियो । सरकारी सवारी साधनहरु विदाको दिन पनि पास नबोकेर गुडिरहेको पाईएको चन्दले बताए ।