नेकपा एमाले सिस्ने गाउँपालिकाको अध्यक्षमा देविलाल गिरी
नेकपा एमाले सिस्ने गाउँपालिकाको अध्यक्षमा देविलाल गिरी

रुकुम पूर्व । नेकपा एमाले सिस्ने गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट देविलाल गिरीको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटि चयन भएको छ ।
पालिका कमिटि उपाध्यक्षमा गणेशराज रेउले, सचिवमा गोपाल सुनार, उपसचिवमा विशाल गिरी र उपसचिवमा मन्जु रावत खड्का सहित ४५ सदस्यीय पालिका कमिटि गठन गरिएको नवनिर्वाचित सचिव गोपाल सुनारले जानकारी दिए ।
अधिवेशन सिस्ने गाउँपालिका– २ प्वाङमा सम्पन्न भएको हो । निवर्तमान अध्यक्ष हरिहर पौडेलको अध्यक्षतामा सम्पन्न पालिका अधिवेशनमा पाटीका पोलिटब्युरो सदस्य खेममान खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै जिल्ला अध्यक्ष लिलामणी गौतम, निवर्तमान जिल्ला अध्यक्ष टोपबहादुर ओली, प्रदेश सल्लाहकार दलराज घर्ति मगर, जिल्ला उपाध्यक्ष गोपाल रेउले, किसान महासङ्घका केन्द्रीय सदस्य तथा लुम्बिनी पर्देश पूर्व सदस्य उपेन्द्रलाल कामी, जिल्ला सचिव तेजेन्द्र बुढा मगर, उपसचिव केश कुमारी तुलाचन र पशुपति खड्का, पूर्व उपसचिव भावना बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।