नेकपा एमाले सानीभेरी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचन, लोकबहादुर खड्का निर्वाचित

नेकपा एमाले सानीभेरी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचन, लोकबहादुर खड्का निर्वाचित

"0" Comments

रुकुम पश्चिम  । नेकपा एमाले सानीभरी गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लोकबहादुर खड्काको नेतृत्वमा पालिका कमिटि निर्वाचित गरेको छ । मतदान मार्फत अध्यक्षमा खड्का निर्वाचित भएका हुन् ।

अन्य पदाधिकारी तथा पालिकाको कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएको नव निर्वाचित उपाध्यक्ष विरभान ओलीले दिए । उनका अनुसार २९ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष पदमा विरभान ओली, सचिवमा धर्मबहादुर खड्का, उपसचिवमा बलाराम कुसारी र समावेशी उपसचिवमा खिमा खड्का निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि २ जना उम्मेदवारले दावि पेश गरेपछि उक्त पदका लागि मात्रै निर्वाचन भएको थियो । निर्वाचनका लागि एक सय जना पार्टी सदस्य बराबर २० जना प्रतिनिधि मतदाता कायम गरीएको र कुल ९३ जना कायम भएपनि ३० जना अनुपस्थित भएपछि ६३ जना मातदाताले मतदान प्रकृयामा भाग लिएका थिए जसमध्य ६१ मत सदर भएको र २ मत बदर भएको ओलीले जानकारी दिए ।

मतदानबाट लोकबहादुर खड्काले ४५ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी डबलसिंङ विकले १६ मत प्राप्त गरेका थिए ।

लोकबहाखुर खड्काको अध्यक्षतामा सम्पन्न भएको दोस्रो अधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य टंक ओलीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश कमिटि सदस्य गणेश चिन्तन, जिल्ला अध्यक्ष नन्दराम देवकोटा लगाएतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन प्रेम खत्रीले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *