बढ्दै गएको दण्डहीनता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण
बढ्दै गएको दण्डहीनता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण
रुकुम पश्चिम । रुकुम पश्चिममा मानव अधिकार तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले १७ औं गणतन्त्र दिवस र राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा न्यायका लागि राष्ट्रिय महिला दबाव अभियान अन्तरगत ध्यानकर्षण पत्र बुझाएका छन् । आज जिल्ला प्रशासन कार्यालयलमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।
महिला हिंसा बढ्दै गएकाले विभिन्न माग राखेर ध्यानाकर्षण पत्र बुझाइएको हो । घरेलु हिंसा सम्बन्धी ऐन २०६६ तुरुन्त संशोधन गर्न, द्रुत न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न, यौन हिंसा प्रभावितहरुलाई सार्वजनिक रुपमा गाली गलौज, चरित्र हत्या गर्ने, मानहानी गर्ने जस्ता कार्यहरु गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
त्यस्तै सबै तहका अदालतबाट फैसला भएका मुद्धाहरुको कार्यान्वयनको स्थिति पहिचान गरी पीडित तथा प्रभावितले न्याय प्राप्त गर्ने व्यवस्था गर्ने पनि माग गरिएको छ ।।