दुई बर्षको अवधिमा ७ किलोमिटर सडकको नयाँ ट्रयाक
दुई बर्षको अवधिमा ७ किलोमिटर सडकको नयाँ ट्रयाक
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १२ ले दुई वर्षको अवधिमा ७ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेको छ । दोस्रो कार्यकालको लागि जनप्रतिनिधि निर्वाचित भए देखि हाल सम्म वडामा ७ किलो मिटर नयाँ सडकको ट्रयाक खोलिएको हो । त्यस्तै २२ किलोमिटर सडकको स्तरउन्नति गरिएको छ ।
वडाको प्रत्यक ठाउँलाई सडक सञ्जालसंग जोड्न विभिन्न ठाउँमा सडकको नयाँ ट्रयाक खोल्नुका साथै सडक स्तरउन्नति गरिएको वडा अध्यक्ष धिरण सिर्पालीले जानकारी दिए । दुई वर्षको अवधिमा वडामा सडक अन्तरगत ९ वटा योजनामा काम भएको उनको भनाई छ ।
२० किलोमिटर सडक सरफाईमा ५ लाख, पितिबाङ कासपोखरी जुम्लाबाङ नयाँगाउँ जमारु सडक स्तरउन्नती २ किलोमिटर ३० मा निर्माण भैरहेको वडा अध्यक्ष सिर्पालीले जानकारी दिए । त्यस्तै धैरेनीडाडा हरले सडक निर्माणमा २ लाख ५० हजार, करेनीखोरिया भुममोड सडक स्तरउन्नतीमा २ लाख ५० हजारमा काम भैरहेको छ ।
त्यस्तै त्रिवेणी ७ हुदै खारकोट सेरङ सडक निर्माणमा ३० लाख, दोमाइ कौछे ठुलीमुल सम्मको बाटो पिसिसि २ लाख ५० हजार, टुनिबोट हुदै रानिवन पिसिसि गोरेटो बाटो ५ लाख, वडा कार्यालय हुदै नेपाल राष्ट्रिय आधारभुत विद्यालय सम्मको गोरेटो बाटोमा ३ लाख र नयाँगाउँ तलिगाउँ सडक निर्माण ५ लाखमा सम्पन्न भएको छ ।
वडाले सडक स्तरउन्नतीमा १ करोड, नयाँ सडक निर्माणमा ६० लाख, सडक तथा गोरेटो बाटो पिसिसिमा ३१ लाख र गोरेटोबाटो निर्माणमा ३ लाख ५० हजार रकम खर्च गरेको छ ।।