चौरजहारीमा ८१ जनालाई निशुल्क ह्वीलचियर वितरण

चौरजहारीमा ८१ जनालाई निशुल्क ह्वीलचियर वितरण

"0" Comments

रुकुम पश्चिम  । जिल्लाको चौरजहारी नगरपालिकामा ८१ जना शारिरीक अपांगता भएका व्यक्तिहरुलाई निशुल्क ह्वीलचियर वितरण गरिएको छ । सुन्दर ढोका साथी सेवा ललितपुर र मानव विकास तथा सामुदायिक सेवाको आर्थिक तथा प्राविधिक सहयोगमा जन्मजात र जन्मपश्च्यात शारिरीक अपांगता भएका व्यक्तिहरुलाई निशुल्क ह्वीलचियर हस्तान्तरण गरिएको हो ।

ह्वीलचियर वितरणको पहिलो दिन २९ जना दोस्रो २६ र मंगलवार तेस्रो दिन २७ गरी कुल ८१ जनालाई अत्याधुनिक ह्वीलचियर वितरण गरिएको सामुदायमा आधारित पुनस्थापना सेवाका सहजकर्ता सन्देश जैसीले जानकारी दिए ।

प्रति ह्वीलचियर ४० हजारको रकम वाट खरिद गरिएको आयोजकले वताएको छ । रुकुममा ६ पालिका सल्यानका २ र जाजरकोट जिल्लाका २ गरी १० वटा पालिका अन्तरगतका शारिरीक अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर प्रदान गर्ने लक्ष्य राखिएको थियो ।थप ह्वीलचियर आएपछि दास्रो चरणमा वाँकी शारिरीक अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर प्रदान गरीने वताईएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तरगत चौरजहारी अस्पतालमा वितरण गरीएको ह्वीचियर प्राप्त गरेपछि शारिरीक अपांगता भएका व्यक्तिहरुलाई राहात भएको स्पाईनल कर्ड ईन्जुरी सम्वन्धि समस्या भएका व्यक्ति प्रेम शर्माले बताए ।

सोही अवसरमा डाक्टर तथा फिजियोथेरापीको टिमले परामर्श तथा फिजियोथेरापी सेवा समेत प्रदान गरेको थियो । कार्यक्रममा मानव विकास तथा सामुदायिक सेवा अन्तरगत आशा वाल विकास सेवाका संयोजक तुलसा शर्मा, चौरजहारी अस्पताल प्रशासक डिल वहादुर गिरी, सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक बिजता अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

अमेरिका र भारत वाट ल्याईएका ह्वीलचियर मेकानिकल ईन्जीनियरले चौरजहारीमा नै फिट गरी वितरण गरीएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *