सल्लेमा चार दिन सम्म चलेको स्वास्थ्य शिबिर सम्पन्न
सल्लेमा चार दिन सम्म चलेको स्वास्थ्य शिबिर सम्पन्न

रुकुम पश्चिम । रुकुम पश्चिममा सञ्चालन भएको स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट नेपालको आयोजना र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको व्यवस्थापनमा कानको समस्या र अपाङ्गता भएका व्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएको थियो ।
२६ गते देखि सुरु भएको शिबिर आज सम्पन्न भएको हो । शिबिर मार्फत ५ सय ४१ जनाले सेवा लिएका छन् । शिबिरमा श्रवन सामाग्री वितरण, कानको जालीको अप्रेसन, अपाङ्गता भएका व्यक्तिहरुलाई कृतिम अंग वितरण गरिएको गोर्खा वेल्फेयर ट्रस्ट नेपालका प्रोजेक्टर मेनेजर जय लिम्वुले जानकारी लिए ।
उनको अनुसार ७५ जना अपाङ्गता भएका व्यक्तिलाई ९३ वटा कृतिम अंग (कृतिम हात, खुट्टा) सहयोग, कृतिम अंग नाप जाँच गरिएको छ । त्यस्तै ५४ जनाको कानको जाँलीको अप्रेसन, २ सय ११ वटा श्रवनयन्त्र वितरण, १५ जना गरिव तथा विपन्न घर परिवारको विरामिलाई निशुल्क स्वास्थ्य परामर्श तथा उपचारको लागि रिफर गरिएको प्रोजेक्ट मेनेजर लिम्वुको भनाई छ ।
रिफर गरिएका विरामिलाई एक जना बराबर गोर्खा वेल्फेयर ट्रस्ट नेपालले २ लाख रकम सहयोग गर्ने छ । शिबिरमा कानको स्वास्थ्य सेवाको लागि ९ जना डाक्टर, अपाङ्गता भएका व्यक्तिहरुको लागि ३ जना डाक्टर, एमजिडिपी डाक्टर २ जना, एमविविएस डाक्टर २ जना, नर्स ३ जना र फार्मेसिस्ट १ जना र १३ जना व्यवस्थापकले सेवा दिएका थिए ।
शिविरमा आउने विरामिहरुको लागि ३ लाखको औषधि पनि वितरण गरिएको थियो । गोर्खा वेल्फेयर ट्रस्ट नेपालले शिविरमा ६५ लाख रकम खर्च गरेको छ । २६ गते देखि सुरु भएको शिबिर आज सम्पन्न भएको हो ।।