दुई बर्षको अबधिमा तिन वटा खानेपानी आयोजना निर्माण
दुई बर्षको अबधिमा तिन वटा खानेपानी आयोजना निर्माण

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ मा दुई वर्षमा तिन वटा खानेपानी आयोजना निर्माण तथा मर्मतको काम भएको छ । दोस्रो कार्यकालको लागि जनप्रतिनिधि निर्वाचित भए देखि एक वटा पुरानो आयोजनालाई मर्मत तथा दुई वटा नयाँ खानेपानी आयोजना निर्माण गरिएको हो ।
पानीको मुहान भन्दा माथि रहेका दुइ गाउँमा लिफ्ट प्रविधि मार्फत खानेपानी पुर्याइएको वडा अध्यक्ष धिरण सिर्पालीले जानकारी दिए । ‘पानीको मुहान भन्दा माथि रहेका बस्तिमा लिफ्ट प्रविधि मार्फत खानेपानी पुर्याएका छौ, गाउँ देखि तलबाट पानी बोकेर खानु पर्ने बाध्यताको अन्त्य गर्न सौर्य उर्जाको माध्यामबाट पानी लिफ्टिङ गरिएको हो ।’, अध्यक्ष सिर्पालीले भने ।
उहाँका अनुसार लिफ्ट खानेपानी आयोजनाबाट मात्रै १ सय ८० घर परिवारलाई खानेपानीको आपुर्ती गरिएको छ । विभिन्न गाउँको लागि दुई वटा लिफ्टिङ आयोजनाबाट खानेपानी पर्याइएको छ । बसाइखोला गोरुपानी नयाँगाउँ लिफ्टिङ खानेपानी आयोजना र जमारु लिफ्ट खानेपानी आयोजना मार्फत उपभोक्ता सम्म पानी पुर्याइएको हो ।
बसाइखोला गोरुपानी नयाँगाउँ लिफ्टिङ खानेपानी आयोजना १५ लाखमा निर्माण भएको र जमारु लिफ्ट खानेपानी आयोजना १३ लाख २० हजारमा निर्माण भैरहेको छ । घर–घरमा धारा निर्माण र पानी वितरणको काम बाँकी रहेको स्थानिय हरिप्रशाद ओलीले जानकारी दिए । गाउँ देखि तलबाट गाउँ सम्म प्रशस्त पानी पुगे पछि स्थानीय खुसि भएका छन् ।
त्यस्तै रुमखोला खानेपानी आयोजना मर्मत गरिएको छ । २ लाख ५० हजारमा उक्त आयोजना मर्मत गरिएको हो । आयोजनाबाट २० घरधुरी लाभान्वित भएका छन् । ‘गाउँमा ल्याएको पुराना आयोजनाको मुहान सक्दै गए पछि गाउँमा खानेपानीको निकै समस्या हुने गरेको थियो, अहिले भने लिफ्टिङ प्रविधि मार्फत गाउँमा पानी आएको छ, हामि निकै खुसि छौ ।’, स्थानीय बलहादुर विकले भने ।
वडाले ५ वर्ष भित्र ४ सय ९३ घर परिवारलाई सहज खानेपानीको पहुचमा पुर्याउने योजना बनाएको छ । हाल सम्म वडाका २ सय ८० घरधुरी खानेपानीको पहुचमा पुगेका छन् । वडाले दुई बर्षमा मात्रै खानेपानी आयोजनामा ९७ लाख ५० हजार रकम खर्च गरिसकेको छ ।।
Muchas gracias. ?Como puedo iniciar sesion?
Hi there, just became aware of your blog through Google, and found that it is really informative. I’m gonna watch out for brussels. I will appreciate if you continue this in future. Lots of people will be benefited from your writing. Cheers!
Hi , I do believe this is an excellent blog. I stumbled upon it on Yahoo , i will come back once again. Money and freedom is the best way to change, may you be rich and help other people.
I’m not sure where you are getting your information, but good topic. I needs to spend some time learning more or understanding more. Thanks for great information I was looking for this information for my mission.
I believe this web site holds very good pent subject material articles.
You have mentioned very interesting points! ps decent website .