सिस्ने गाउँपालिकामा भौतिक पुर्वधार अन्तरगत ५६ वटा आयोजना सम्पन्न
सिस्ने गाउँपालिकामा भौतिक पुर्वधार अन्तरगत ५६ वटा आयोजना सम्पन्न

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले चालु आर्थिक २०८०÷८१ मा भौतिक पुर्वधार अन्तरगत ५६ वटा आयोजना सम्पन्न भएको छ । २ वटा विद्यालय भवन निर्माण, ९ वटा सामुदायिक भवन, अन्य संरचना १२ वटा र विद्यालय घरबार ३३ गरि ५६ वटा योजना निर्माण भएका हुन् ।
सडक तर्फ नयाँ सडक ट्रयाक खोल्ने काम २ वटा १.८ किलोमिटर र स्तरोन्नति तथा मर्मत सडक ९ वटा २२ किलोमिटरको काम गरिएको छ । खानेपानी तर्फ नयाँ योजना निर्माण ८ वटा र मर्मत तथा मुहान संरक्षन १० वटामा काम भएको छ । सिंचाइ तर्फ नयाँ निर्माण ५ वटा उर्जातर्फ नयाँ निर्माण तथा नविकरण १ वटा र मर्मत १ वटामा काम भएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।
उनका अनुसार सरसफाई तर्फ ३५० मिटर ढल निर्माण, ५ वटा शौचालय निर्माण गरिएको गरिएको छ । ५ वटा झोलोङ्गे पुल निर्माण, ३ वटा मठमन्दिर, २ वटा खेलमैदान निर्माण, ३ किलोमिटर १२ वटा पर्यटन पदमार्ग निर्माण भएको छ ।
गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकसंग कार्यसम्पादन सम्झौता, प्रविधिमैत्री शिक्षा, शैक्षिक सुधार र विद्यालय सुधारका कार्यहरु प्रभावकारी रुपमा सम्पन्न भएका छन् । २ सय १० जना शिक्षकहरुलाई विषयगत तालिम ५० जना शिक्षकलाई कम्प्युटर र इमेस तालिम र ५० जना शिक्षक तथा कर्मचारीलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको बताईएको छ । त्यस्तै पालिका स्तरिय परीक्षा सञ्चालन कार्यलाई प्रभावकारी अनुगमन र व्यवस्थापन मार्फत व्यवस्थित बनाइएको, विद्यालय स्तरिय खेलकुदलाई मर्यादित रुपमा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रेग्मीले बताए ।
स्वास्थ्य तर्फ थप दुइ स्वास्थ्य संस्थामा ल्याव सेवा सञ्चालन गरिएको छ । आठ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन, मातृशिसु स्वास्थ्यका लागि विशेष कार्यक्रम सञ्चालन, सबै वडा तथा वस्तीमा स्थलगत रुपमा पशु उपचार सेवा प्रदान, नश्ल सुधारका लागि कृषक समूह फर्मलाइ ५ वटा वोयर बोका वितरण, २ सय ७१ भैसीको निःशुल्क पशु विमा, कृषि उत्पादन वृद्धि गर्न लागतमा आधारित अनुदान वितरण, ४ वटा कृषक फर्मलाइ बेमौसमी तरकारी खेतीका अनुदान तथा तालिम प्रदान गरिएको छ ।।