मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपन
मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपन
रुकुम पश्चिम । मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा रुकुम पश्चिममा वृक्षारोपन कार्यक्रम गरिएको छ । जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशन रुकुम पश्चिमले वृक्षारोपन कार्यक्रम गरेको हो । मुसिकोट नगरपालिका– १ मा रहेको रुकुमेली क्याम्पसमा वृक्षारोपन कार्यक्रम गरिएको एमाले मुसिकोट नगर कमिटि अध्यक्ष गोकर्ण खड्काले जानकारी दिए ।
क्याम्पस परिसरमा तिन प्रजातिका ६० वटा विरुवा रोपिएको अध्यक्ष खड्काको भनाई छ । उनका अनुसार ईपिल–ईपिल, अमला र मसलाको विरुवा रोपिएको हो । विगतका वर्षहरुमा विभिन्न कार्यक्रम गर्दै आएको फान्डेसनले यो बर्ष वृक्षारोपन कार्यक्रम गरेको हो ।
वृक्षारोपन कार्यक्रममा फाउन्डेसनका जिल्ला अध्यक्ष नारायणकुमार शाह, एमाले मुसिकोट नगर अध्यक्ष गोकर्ण खड्का, क्याम्पस प्रमुख मिनबहादुर पुन, एमालेका नेता तथा कार्यक्रता, प्रध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो । २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।