बर्खा लागेसंगै रुकुमकोटका धारामा लेदो सहितको पानी

बर्खा लागेसंगै रुकुमकोटका धारामा लेदो सहितको पानी

"0" Comments

रुकुम पूर्व  । रुकुम पूर्वको जिल्ला सदरमुकाममा बर्खा लागेसंगै धाराहरुमा लेदो सहितको धमिलो पानी आउन थालेको छ । चार दिन देखि रुकुमकोटको विभिन्न ठाउँमा वितरण भैरहेको खानेपानी लेदो सहित धमिलो आउन थालेको हो । रुकुमकोटमा आउने पानी पिउन लाएक नभएको उपभोक्ताहरुको भनाई छ ।

‘चार दिन भयो, धारामा आउने पानी धमिलो आउने गरेको छ,े पानी पिउन लाएक छैन, खानेपानीको लागि बजारको पानी किनेर खाने गरेका छौ ।’, स्थानीय मदन केसीले भने । खाना पकाउने पानी पनि उमालेर फिल्टर गरेर खाने गरेको उनको भनाई छ ।

यो बर्ष मात्र नभएर प्रत्यक बर्षको बर्खामा यस्तै समस्या हुने गरेको रामचन्द्र केसीले बताए । ‘हिउँद याममा पानीनै आउदैन, बर्खा लाग्यो भने धमिलो मात्र आउछ, यस्तो पानी त कसरी प्रयोग गर्नु, यो पानी पिउदा त स्वास्थ्यमा समस्या आउने देखिन्छ ।’, उनले भने ।

रुकुमकोटमा रासु छहरा, तुरतुरे धारा र ठाराखोलाको मुहानबाट पानी आउने गरेको छ । पानीको मुहानमा भल पस्दा नै धारा सम्म त्यहि पानी पुग्ने गर्छ । रुकुमकोटको उपभोक्ताहरुको धारामा आउने पानी स्वास्थ्यको लागि निकै हानिकारक रहेको स्वास्थ्यकर्मीको भनाई छ ।

‘चार दिन भयो धारामा आउने पानी निकै फोहोर आईरहेको छ, यो पानीको कारण रुकुमकोटमा हैजा, झाडापखला, टाइफाइट जस्ता मनसुनजन्य रोगको प्रकोप फैलन सक्छ’, रुकुमकोट अस्पतालका प्रमुख डाक्टर जितेन्द्रराज कोइरालाले भने । यसरी पानी वितरण गरिनु नागरिकको स्वास्थ्यमा गरिएको गम्भिर खेलवाट भएको उनको भनाइ छ ।

बजारमा वितरण गरिने पानीमा शुद्धिकरण गर्न आवश्यक रहेको डा. कोइरालाको भनाइ छ । बजारमा मात्र समस्या नभएर संवेदनशिल क्षेत्र मानिने अस्पतालमा पनि फोहोर पानीको प्रयोग गर्न बाध्य भएको उनले बताए । ‘अप्रेसनका केसहरु आउनछन्, अन्य सरसफाइको कुरा पनि छ, पानी उमाले र फिल्टर गरेर काम चलाइरहेका छौ’, डाक्टर कोइरलाले भने ।

पानी शुद्धिकरणको लागि सम्वन्धित निकाय, स्थानीय सरकार र उपभोक्ता सबै लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी माधबप्रशाद शर्माको भनाइ छ । ‘रुकुमकोट बजारमा बर्खा लागे देखिनै धमिलो पानी आउन थालेको छ, पानी शुद्धिरकण गर्नु पर्छ भन्ने बिषयमा हामि सबै चासोका साथ लागेको छौ, मुहानबाटै हिलो मिसिएको पानी आएका कारण पनि केहि समस्या भएको हो’, प्रजिअ शर्माले भने ।

तत्काललाई पानी वितरण गरिने दुई वटा ट्याङ्कीमा विलिचिङ पाउडर (पानी शुद्धिकरण गर्ने पाउडर) प्रयोग गरिने गाउँपालिका अध्यक्ष कृषि रेग्मीले बताए । ‘मुहानबाटै हिलो मिसिएको पानी आएको छ, मुहान माथि कच्चि सडक खनिएका छन्, यहि सडकमा बगेको भल पानीमा मिसिदा पानीमा लदो आएको हो, हामिले अहिलेलाई तत्काल ट्याङ्कीमा विलिचिङ पाउडर राखेर पानी शुद्धिकरण गर्ने छौ’, अध्यक्ष रेग्मीले भने ।

अहिले रुकुमकोटमा रुमालबारा र ठाटिडाडामा रहेका मुख्य ट्याङ्कीबाट पानी वितरण भैरहेको छ । ति ट्याङ्की सरसफाइ र पानी शुद्धिकरणको लागि गाउँपालिकामा रहेको वास फोकल पर्सनलाई खटाइएको गाउँपालिकाको भनाई छ । आगामि बर्खामा मुहान संरक्षणको लागि दिर्घकालिन योजना वनाएको गाउँपालिका बताउछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *