मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा अत्यावश्यक बाहेकका सवारी नचलाउन आग्रह
मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा अत्यावश्यक बाहेकका सवारी नचलाउन आग्रह
रुकुम पूर्व । मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्व खण्डको विभिन्न ठाउँमा लगातार पहिरो गए पछि अत्यावश्यक बाहेकका सवारी साधान नचलाउन अनुरोध गरिएको छ । बर्खा सुरुभए यता जिल्लाको विभिन्न ठाउँमा पहिरो खरेर सडकमा जोखिम बढेको छ ।
भूमे गाउँपालिकाका रानीबासा–पञ्चासे रुजीखोला काक्री सैपातुङ किमुबोट काँडाबगर धौलापहिरा, सिस्ने गाउँपालिका– ६ को पाखागाउँ रानीकोट खोपीचार सडक खण्डमा पहिरोको कारण जोखिम बढेको हो । जिल्ला प्रशासन कार्यालयले आज एक सुचना निकालेर अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन अनुरोध गरेको छ ।
‘वर्षा सँगै पटक–पटक पहिरो गई बाटो अवरुद्ध हुनुका साथै घाम लागेको समयमा पनि सुख्खा पहिरो जाने क्रम नरोकिएकोले अत्यावश्यक काम बाहेक यात्रा नगर्नुहुन, यात्रा गर्दा उच्च सतर्कता अपनाई यात्रा गर्नहुन, रातको समयमा सकभर यात्रा नगर्नुहुन र यात्रा गर्दा आफ्नो सवारी साधन प्रहरी चेकपोष्टमा इन्ट्री गरेरमात्र यात्रा गर्नुहुन अनुरोध छ ’, सुचनामा भनिएको छ ।
जिल्लाको भुमे गाउँपालिका र सिस्ने गाउँपालिकाको विभिन्न ठाउँमा पहिरो खस्दा सवारी साधन जोखिम मोलेर संचालन भैरहेका छन् । रानिकोटमा सुख्खा पहिरोको कारण झनै समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी माधवप्रशाद शर्माले बताए ।
उत्त सडकखण्डमा सवारी साधन चलाउदा सावधानि अपनाउन पनि उनले सबैमा आग्रह गरेका छन् । रानिकोटमा डवल कटिङको काम भैरहेको छ । घाम लागेको दिन पनि सुख्खा पहिरो खस्ने गर्छ ।।