रानिकोटमा पहिरो, दुई दिन देखि सवारी साधन ठप्प

रानिकोटमा पहिरो, दुई दिन देखि सवारी साधन ठप्प

"0" Comments

रुकुम पश्चिम  । तिन दिन देखिको निरन्तरको वर्षाको कारण मध्यपहाडी राजमार्ग अन्तरगत रुकुम पश्चिम र पूर्वखण्ड दुई दिन देखि ठप्प छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ रानिकोटमा तिन ठाउँमा पहिरो खस्दा सवारी साधन चल्न सकेका छैनन् ।

सडक अवरुद्ध हुँदा रुकुम पूर्वबाट रुकुम पश्चिम हुँदै दाङ, नेपालगन्ज सम्म जाने तथा रुकुम पश्चिम देखि रुकुम पूर्व हुँदै बागलुङ पोखरा र काठमाडौँसम्म जाने गाडीहरू दुई दिन देखि रानिकोटमा रोकिएका छन् । रानीकोटमा ठुलो पहिरो खसेको छ । रुकुमकोट साईटको घुम्तीको माथिबाट खसेको पहिरोले तल र माथिको सडकनै मिसिएको डाडि चालक उमेश ओलीले बताए ।

त्यस्तै रानिकोटको भिरालो ठाउँमा पनि निरन्तर पहिरो खरिरहेको छ । ‘पहिरो हटाउने काम भैरहेको भए पनि ढुङ्गा खरिरहेका कारण पनि सवारी साधन बन्द भएको हो’ हामिले पहिरोको कारण क्षेति हुन सक्ने भन्दै सवारी आवत जावतमा रोक लगाएका छौ’, रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रशाद शर्माले भने ।

सडक खुलाउन प्रयास गरिएता पनि निरन्तरको वर्षाका सडक खुलाउन नसकिएको प्रजिअ शर्माको भनाइ छ ।

मध्य पहाडी लोक मार्गको यस खण्डमा यात्रा गर्दा सुरक्षालाई ध्यान दिन र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध समेत गर्नुभएको छ । जति बेला पनि पहिरो खस्ने भएको हुँदा सवारी र यात्रुहरूको ध्यान दिएर यात्रा गर्न आग्रह गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *