श्रीमतीको हत्या गरेको आरोपमा भुमेका जीवन ओली पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा भुमेका जीवन ओली पक्राउ
रुकुम । रुकुम पूर्वकी अप्सरा ओलीको हत्या आरोपमा पक्राउ परेका उनका श्रीमानलाई आज प्रहरीले सार्वजनिक गरेको छ । श्रीमतीको हत्या गरेर फरार रहेका अप्सराका श्रीमान जीवन ओलीलाई आज प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
जिल्लाको भुमे गाउँपालिका ६ तामारी चिरापानीमा गत असार २८ गते राति करिव १२ वजे अप्सराको घाटी रटेर घर नजिकै फालेको अवस्थामा शव फेला गरेको भनि स्थानीयले प्रहरीलाई खवर गरे पछि प्रहरी घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक माधवराज पोखरेलले जानकारी दिए ।
श्रीमतीको हत्या गरेर फरार रहेका जीवन आफ्नो नाबालक छोरा सहित भागेमन थिए । प्रहरीले उनको खोजी गर्दा भुमे गाउँपालिका ६ तामारी जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको डियसपी पोखरेलले जानकारी दिए ।
श्रीमान र श्रीमतीको झगडा हुदै आएको प्रहरीले जनाएको छ । त्यही झगडाकै कारण पनि श्रीमती हत्या भएको हुन सक्ने प्रहरीको भनाई छ ।।