आठबिसकोटमा बाढीले बगाउदा तीन बालिकाको मृत्यु

आठबिसकोटमा बाढीले बगाउदा तीन बालिकाको मृत्यु

"0" Comments

रुकुम । बाढीले घर बगाउँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । वडा नम्बर १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, एक जना बेपत्ता र सात जना घाईते भएको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले जानकारी दिए ।
मृत्यु हुनेहरुमा स्थानीय १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्की रहेका छ्न । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएको बताइएको छ ।

१२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २९ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामीको आठबिसको नगर अस्पतालमा उपचार भैरहेको छ ।

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताईएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताए ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *