रुकुमकोट जिल्ला अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फर्छ्यौट
रुकुमकोट जिल्ला अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फर्छ्यौट
रुकुम । रुकुमकोट जिल्ला अदालतले लक्ष भन्दा बढि मुद्धा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा जिल्ला अदालतबाट लक्ष्यभन्दा बढि मुद्धा फर्छ्यौट भएका हुन् ।
१ सय २३ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा १ सय ९३ वटा मुद्दा फछर्यौट गरेको अदालतका श्रेस्तादार ईश्वरी प्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार यो लक्षकाृ ७० प्रतिशत बढि हो । लक्ष्य भन्दा १५६.९% ले बढी मुद्धा फर्छ्यौट भएको उनको भनाई छ । गाउँपालिकाको आधारमा मुद्दा दर्ता सबैभन्दा बढि सिस्ने गाउँपालिकाका ८५, भूमे गाउँपालिकामा ६२ र पुथाउत्तरगंगा गाउँपालिकामा ७७ थान २ सय २४ थान मुद्दा दर्ता भएका थिए ।
कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योग ५ वटा, सवारी ज्यान १, जबरजस्ती करनी १९, लागू औषध ४, विवाह सम्बन्धी कसुर ५, चोरी १०, बैंकङ कसुर ३, अभद्र व्यवहार ३, विद्युतीय कारोबार अपराध २, कृत्य सम्बन्धी कसुर १, हातहतियार सम्बन्धी कसुर ३, व्यक्ति बेपत्ता सम्बन्धी कसुर १, गरी जम्मा ५९ वटा मुद्दा अदालतमा दर्ता भएको थिए ।
जालसाजी ५, चेक अनादर २, कुटपिट ३ गरी जम्मा १० वटा , त्यस्तै देवानी मुद्दाको हकमा अंश ३, अंशसहितको सम्बन्धविच्छेद ६, अपुताली अंश १, मुष्ट रकम भरपाई सम्बन्ध विच्छेद १, जग्गा किचोला १, सम्बन्धविच्छेद १ सय २२, लेनदेन १२, बकसपत्र बदर ३, क्षतिपूर्ति भराइ पाउ १, माना चामल १, गरी जम्मा १ सय ५१ मुद्दा परेको दर्ता भएको थियो ।
२०८० साउन देखि २०८१ असार मसान्तसम्मको फैसला कार्यान्वयन सम्बन्धी विवरण अनुसार लगत जरिवाना २ करोड ७१ लाख ६५ हजार २सय ४१.३९, फछर्यौट जरिवाना १ करोड ८४ हजार ७२ हजार ७ सय ३३.६७, बाँकी ८ लाख ९२ हजार ५ सय ७.७२ रहेको छ । वार्षिक लक्ष्यको १३३.१४ प्रतिशत बढी हो ।।