रुकुम पश्चिमका २ हजार भुकम्प पिडितले पहिलो किस्तोकाे रकम नै पाएनन्

रुकुम पश्चिमका २ हजार भुकम्प पिडितले पहिलो किस्तोकाे रकम नै पाएनन्

"0" Comments

रुकुम । रूकुम पश्चिमका २ हजार २ घरपरिवारले पहिलो किस्ता वापतको रकम पाउन सकेका छैनन् । भुकमप गएको लामो समय भैसक्दा र अस्थायी आवास निर्माण भैसक्दा पनि पहिलो किस्ता पाउन सकेनका छैनन् ।

जिल्लाका कुल ३४ हजार ९ सय ९८ जना लाभग्राहीमध्ये ३२ हजार ९ सय ९६ घरपरिवारले पहिलो किस्ता पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पहिलो किस्ता पाउन बाँकी घरपरिवारका लागि रकम अपुग भएको र प्राधिकरणमा माग गरिएको जानकारी दिए ।

’पहिलो किस्ता वापत हालसम्म ८२ करोड ४९ लाख रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा पठाइएको छ । र अपुग माग गरिएको छ ।’ साथै दोस्रो किस्ता वापत १६ हजार लाभग्राहीका लागि ४० लाख रकम सम्बन्धित स्थानिय तहमा पठाइएको पनि प्रजिअ पन्तले भने ।

’दोस्रो किस्ताका लागि पालिकाबाट माग भए बमोजिमको अपुग रकम प्राधिकरणमा माग गरिएको छ,’ उनले भने, ’बाँकी ५ हजार ७ सय ४७ घरपरिवारका लागि दोस्रो किस्ता वापत १४ करोड ३६ लाख ७५ हजार रूपैयाँ माग गरिएको छ ।’

यससंगै अघिल्लो आर्थिक बर्षमा जिल्ला प्रशासन कार्यालयले ५ हजार ८ सय २ जनाले नयाँ नागरिकता, ३ हजार ५ सय ३ जनाले प्रतिलिपि, ९ जनाले नागरिकता त्याग, ६ जनाले गैरआवासीय नागरिकता, १ सय ८९ जनाले नाबालक परिचय पत्र र ३ हजार ३ सय ५८ जनाले राहदानी लिएको प्रशासन कार्यालयले बताएको छ ।

साथै अघिल्लो आर्थिक बर्षका १२ महिनामा कुल ६ हजार ३ सय ४ जनाको राष्ट्रिय परिचय पत्रका लागि दर्ता भएको र हालसम्म १६ हजार १ सय ४८ जनाको प्राप्त भएकोमा १ हजार ९ सय ११ जनाका लागि वितरण गरिएको तथ्यांक प्रस्तुत गरिएको छ ।।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *