जिल्ला अस्पताल सल्लेमा १४२ जनाको सल्याक्रिया मार्फत प्रशुति सेवा
जिल्ला अस्पताल सल्लेमा १४२ जनाको सल्याक्रिया मार्फत प्रशुति सेवा
रुकुम । गत आर्थिक वर्ष २०८०÷८१ मा जिल्ला अस्पताल सल्लेमा ८८ जना गर्भवति महिलालाई सल्याक्रिया मार्फत प्रशुति सेवा दिइएको छ । सामान्य प्रशुति हुन नसकेका गर्भवति महिलाहरुलाई सल्याक्रिया मातर्फ प्रशुति सेवा दिइएको हो । त्यस्तै ५४ जना गर्भवति महिलाको जटिल सल्यक्रिया पनि भएको छ ।
पाठेघर च्यातिएको, साल अड्किएको लगायत प्रसुति हुदा जटिल समस्या भएका ५४ जनाको जटिल सल्यक्रिया गरिएको अस्पताल नर्सिङ निरिक्षक हृदयकली पौडेलले जानकारी दिईन । अस्पतालमै सल्याक्रिया सेवा उपलव्ध भएसंगै सहज भएको उनको भनाई छ ।
सवै भन्दा बढि पौष र असारमा १४÷१४ जनाको सल्याक्रिया गरिएको छ । गत आर्थिक वर्षको साउनमा १३ जना, भदौमा ९ जना, असोजमा ५ जना, कात्तिकमा ३ जना, मंसिरमा ३ जना, माघमा ११ जना, फागुनमा ४ जना, चैत्रमा २ जना, बैशाखमा ५ जना र जेठमा पनि ५ जनालाई सल्याक्रिया मार्फत सुत्केरी गराइएको बरिष्ठ अस्पताल नर्सिङ निरिक्षक पौडेलले बताईन ।
त्यस्तै गत आर्थिक बर्षको साउनमा ८ जना, भदौमा ५ जना, असोजमा ४ जना, कात्तिकमा ३ जना, पौषमा ३ जना, माघमा ६ जना, फागुनमा ४ जना, चैत्रमा ९ जना, बैशाखमा २ जना, जेठमा २ जना र असारमा १ जनाको जटिल प्रकारको सल्यक्रिया भएको पौडेलको भनाई छ ।
सामान्य प्रकृति र सल्याक्रिया गरेर जिल्ला अस्पतालमा एक बर्षको अवधिमा ६ सय ३२ जनाले प्रसुति सेवा लिएका छन् । ४ सय ९० जनाले समान्य र ८८ जनाले सल्याक्रिया र ५४ ले जटिल सल्याक्रिया सेवा मार्फत प्रशुति सेवा लिएका हुन् ।।