रुकुम पश्चिममा नागरिकताको प्रतिलिपि लिनेहरुको संख्या बढ्दै

रुकुम पश्चिममा नागरिकताको प्रतिलिपि लिनेहरुको संख्या बढ्दै

"0" Comments

रुकुम । रुकुम पश्चिममा नागरिकताको प्रतिलिपि लिनेहरुको संख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको तथ्याङ्क हेर्दा जिल्लामा विभिन्न कारण नागरिकताको प्रतिलिपि लिनेको संख्यामा वृद्धि भएको हो ।

आर्थिक बर्ष २०७९÷८० सालमा ३ हजार ३४६ जनाले नागरिकताको प्रतिलिपि लिएकोमा गत आर्थिक बर्ष २०८०÷८१ म ३ हजार ५०३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । आर्थिक बर्ष २०७९÷८० मा ५ हजार २०९ जनाले नयाँ नागरिकता लिदा ३ हजार ३४६ जनाले नागरिकताको प्रतिलिपि लिएका हुन् । त्यस्तै गत आर्थिक बर्ष २०८०÷८१ म ५ हजार ८०२ जनाले नयाँ नागरिकता लिएकोमा ३ हजार ५ सय ३ जनाले प्रतिलिपि लिएका हुन् ।

नागरिकता हराउने, च्यातिने, नाता कायम गर्ने, थर परिवर्तन र पति कायम गर्ने प्रयोजनका लागि प्रतिलिपि लिनेको संख्या बढ्दै गएको प्रमुख जिल्ला अधिकारी हरिप्रशाद पन्तले बताए । “अहिले थर परिवर्तन गर्नेहरु पनि धेरै छन् । त्यस्तै नागरिकता जस्तो प्रमाणपत्रको त्यति हिफाजत नगरेको पनि पाइएको छ । हराउने,च्यातिने जस्ता कारण पनि धेरै जना नयाँ प्रतिलिपि लिन आउछन् । नाता कायम गर्ने र नाता कायम गर्नेहरुले पनि नागरिकताको प्रतिलिपि लिने गरेका छन्”, प्रजिअ पन्तले भने ।

पति कायम गर्ने, थर परिवर्तन र नाता कायम गर्न प्रतिलिपि लिनै पर्ने भए पनि हराउने, च्यातिने तथा नागरिकताको राम्रोसंग हिफाजत नगर्नु भने राम्रो नभएको प्रजिअ पन्तको भनाई छ । त्यस्तै आर्थिक बर्ष २०७९÷८० मा १ जना र २०८०÷८१ म ९ जनाले नागरिकता त्याग गरेका छन् । आर्थिक बर्ष २०८०÷८१ मा ६ जनाले गैर आवासीय नागरिता लिएका छन् ।

आर्थिक बर्ष २०७९÷८० मा १६६ जना र आर्थिक बर्ष २०८०÷८१ म १८९ जनाले नाबालक नागरिकता लिएको प्रजिअ पन्तले बताउनुभयो । जिल्लामा १ हजार १४८ वटा राष्ट्रिय परिचयपत्र छापिएर आएकोमा १ हजार ९११ जनालाई भने वितरण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *