अमेरिकामा रुकुमका एक युवाको गोली हानी हत्या
अमेरिकामा रुकुमका एक युवाको गोली हानी हत्या
काठमाडौ । अमेरीकामा लुटेराले गोली हानेर रुकुम पश्चिमका एक युवाको हत्या गरेका छ्न । बाफिकोट गाउँपालिका १० का ३० बर्षिय दिपक ओलीको हत्या भएको हो ।
ग्याँस स्टेशनमा काम गर्ने क्रममा आइतबार बिहान लुटेराको आक्रमणमा परेर टेक्ससमा ओलीको मृत्यु भएको बताइएको छ । टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेशनमा कार्यरत ३० बर्षिय दीपकलाई लुटेराले गोली हानेर हत्या गरेका हुन् ।
अन्दाजी बिहान ५ बजेको समयमा वली कार्यरत ग्याँस स्टेशनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ । एक जना श्वेत र अर्का अश्वेत लुटेराहरुले स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उनको घटनास्थलमै निधन भएको थियो ।
तीन जनाको समुहमा आएका लुटेरा मध्य एकजना भने बाहिर गाडीमै बसेको र दुईजना स्टोरमा पसेर हत्या गरेको बुझिएको मृतकका आफन्त तथा मोहन कुसारीले जानकारी दिए । ओली गत वर्षमात्र अमेरिका आएका हुन् ।
लुटेराहरुले उनलाई गोली प्रहार गर्नु अघि बिहान ३ बजेतिर अर्कै ग्याँस स्टेशनमा पुगेर लुटेका थिए ।।