सडक पूर्वाधारमा जोड दिन भौतिक पूर्वाधार मन्त्रीलाई रुकुम पूर्वको ध्यान आकर्षण
सडक पूर्वाधारमा जोड दिन भौतिक पूर्वाधार मन्त्रीलाई रुकुम पूर्वको ध्यान आकर्षण

काठमाण्डौं । यस पटकको वर्षाले क्षति पुर्याएका रुकुम (पूर्वी भाग) अन्तर्गत मध्य पहाडी सडक लगायत अन्य ग्रामिण सडकहरुको पुन निर्माण तथा जिल्लाका अन्य भौतिक पूर्वाधार निर्माणको विषयमा मंगलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयका उच्च पदाधिकारीहरु विच रुकुम पूर्वको प्रतिनिधिहरुको गम्भिर छलफल भएकोछ ।
मन्त्रालयको तर्फवाट मन्त्री देवेन्द्र दाहाल, सडक विभागमा महानिर्देशक ईञ्जिनियर रामहरी पोखरेल र मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना निर्देश थानेश्वर खत्री लगायतको उपस्थिति थियो भने रुकुम पूर्वको प्रतिनिधि मण्डलमा नेकपा एमाले पोटिब्युरो सदस्य खेममान खड्का, जिल्ला अध्यक्ष लिलामणि गौतम, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा वुढामगर लगायतको उपस्थिति रहेको थियो ।
प्रतिनिधि मण्डलले हाल सम्म सडक संञ्जालले छुन नसकेको सिस्ने गाउँपालिकाको वडा नं. १ र २ को नायगाड—सुर्दी—भट्टेचौर—ठुलो सिस्ने सम्म सडक सञ्जाल जोड्नको लागी आवश्यक वजेट व्यवस्थापन, यस पटकको वर्षा याममा मध्यपहाडी लगायत अन्य ग्रामिण सडकहरु समेत पूर्ण रुपमा क्षति भएका र संञ्चालनमा ल्याउन पालिका संग प्रयाप्त वजेट नभएकोले विपद व्यवस्थापनमा आवश्यक वजेट व्यवस्थापनका साथै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट र पश्चिमको मध्यपहाडी राजमार्ग अन्तर्गत माछमि जोड्ने पुरानो र वैकल्पिक मार्गको रुपमा रहेको रुकुमकोट हुदै माछमी सम्मलाई सानोभेरी करिडोरको रुपमा स्तरउन्नतिका साथै नाथीगाड खोलामा छिटो पक्कि पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनिलाई निर्देश दिने विषयमा समेत छलफल भएको नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमले वताए ।
यो सडक खण्ड रुकुम पूर्व र पश्चिमलाई जोड्ने मध्यपहाडी सडकको वैकल्पिक र छोटो सडक खण्ड रुपमा प्रयोग हुने समेत गौतमले वताए । छलफलमा ठेक्का लिएर पनि लामो समय सम्म वालुवा देउखोला, त्रिवेणि हुदै जामावगर सडक निर्माण नगरि अलपत्र पार्ने निर्माण कम्पनि शंकरमाली जेभिसंगको ठेक्का संझौता तोडि उक्त सडक पुन ठेक्का गरेर भएपनि यथासक्य निर्माण सम्पन्न गर्नुपर्नेमा प्रतिनि मण्डलको तर्फवाट जोड दिईएको थियो ।
मन्त्रालय संगको छलफल सकारात्मक रहेको र आफुहरुले प्रस्तुत गरेका योजनाहरुमा मन्त्री ज्यू सहित मन्त्रालयको टिम सकारात्मक रहेकोले यसको नतिजा चाडै आउनेमा आफुहरु विश्वस्त रहेको गौतमले बताए ।
साथै यिनै विषयहरुमा थप छलफल र आवश्यक वजेट व्यवस्थापनको लागी वुधवार अर्थमन्त्री विष्णु प्रसाद पौडेल संग पनि छलफल गरिने गौतमको भनाइ छ ।