जिल्लाको विकासको लागि एमाले रुकुम पूर्वको विभिन्न मन्त्रालय र निकायमा ज्ञापनपत्र

जिल्लाको विकासको लागि एमाले रुकुम पूर्वको विभिन्न मन्त्रालय र निकायमा ज्ञापनपत्र

"0" Comments

रुकुम । जिल्लाकाको विकास निर्माण लगायत विषयमा नेकपा एमाले रुकुम पूर्वले नेपाल सरकारका मन्त्रालय तथा प्रमुख जिम्मेवार निकायहरुलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा एमालेका पोलिटव्यरो सदस्य खेममान खड्का, जिल्ला अध्यक्ष लिलामणि गौतम लगायतले काठमाडौंमा पुगेर जिल्लाको विसका र अन्य विभिन्न विषयमा मन्त्रालय र विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाएको हो ।

जिल्ला सदरमुकाम रुकुमकोट जोड्ने पुरानो र वैकल्पिक मार्ग रुकुम पश्चिमको सोलाबाङबाट रुकुम पुर्ब स्यालापाखा धाउने सडक स्तरोन्नती र सो सडकमा पर्ने नाथिगाड खोलामा मोटरेवल पुल तत्काल सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिन अनुरोध गरिएको छ । त्यस्तै मध्यपहाडी राजमार्गको रुकुमकोटदेखि रुकुम पश्चिमको माछमीसम्म सानोभेरी करिडोरका रुपमा छोटो र बैकल्पिक मार्गका रुपमा निर्माण गर्न पनि ज्ञापनपत्रमा भनिएको छ ।

सडक संञ्जालले छुन नसकेको सिस्ने गाउँपालिकाको वडा नं. १ र २ को नायगाड, सुर्दी, भट्टेचौर हुदै ठुलो सिस्ने सम्म सडक सञ्जाल जोड्नको लागी आवश्यक वजेट व्यवस्थापन गरिदिन, सिस्ने– १ र २ जोड्ने, पुथाउत्तरगङ्गा गाउँपालिका– ७÷८ र १४ नम्बर वडामा जोड्ने देउखोला नायगाड भालुकाप्चेमा दिर्घकालिन बाटो निर्माण गर्न माग गरिएको छ ।

ठेक्का लिएर पनि लामो समय सम्म वालुवा देउखोला, त्रिवेणि हुदै जामावगर सडक निर्माण नगरि अलपत्र पार्ने निर्माण कम्पनि शंकरमाली जेभिसंगको ठेक्का संझौता तोििड नयाँ ठेक्का ह्वान गर्न, रुकुमकोट सहरी विकास आयोजनाका बजेट वक्तव्य अनुसार स्रोत सुनिश्चित गर्न, मध्यपहाडी पुष्पलाल लोकमार्ग र सहिद मार्गको पुर्णता र स्तरोन्नतीमा ध्यान दिदै शहिद मार्गको काक्री, तकसेरा, हुकाम मैकोट हुदै सहरतारा डोल्पा खण्ड कालोपत्रेको लागी ठेक्का प्रक्रिया तत्काल अगाडी वढाउन माग गरिएको छ ।

३१ वटा वडा मध्य हाल सम्म ७ वटा वडाहरुलाई सडक संञ्जालले छुन नसकेको हुदा तत्काल त्यसको लागी प्रयाप्त वजेट व्यवस्थापन गर्न, भूमे गाउँपालिका १ लुकुममा लुम्बिनी प्रदेश सरकार मार्फत बहुप्राविधिक शिक्षालय स्थापना गरि संञ्चालन गर्न कार्य थालनि गरिएको भएता पनि लामो समय देखि संञ्चालनमा ल्याउन नसकेको हुदा त्यस बहुप्राविधिक शिक्षालयको तत्काल सन्चालनका लागि उच्च प्राथमिकता दिन पनि माग गरिएको एमाले जिल्ला अध्यक्ष लिलामणी गौतमले बताए ।

जिल्लामा विधुत सधै अनियमित भैरहने समस्याको दिर्घकालिन समाधानको लागि धौलापहिरा (रुकुमकोट) मा सव–स्टेशन निर्माण कार्य तत्काल थालनि गर्न पनि माग गरिएको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *