भारतीय डा. मौमिता र बाढी पहिरोमा ज्यान गुमाएहरुको सम्झनामा दिप प्रज्वलन
भारतीय डा. मौमिता र बाढी पहिरोमा ज्यान गुमाएहरुको सम्झनामा दिप प्रज्वलन
रुकुम । भारतीय चिकित्सक मौमिता देवनाथ र बाढी पहिरोमा परि मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै रुकुम पश्चिममा दिप प्रज्वलन गरिएको छ । नेपाल विद्यार्थी संघ मुसिकोट नगरपालिका र रुकुमेली क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा दिप प्रज्वलन गरिको हो ।
दिप प्रज्वलन गर्दै डा.मौमिता देवनाथ र बाढी पहिरोमा परि मृत्यु भएकाहरुको चिरशान्तिको कामना गरिएको रुकुमेली क्याम्पस स्ववियू सभापति अनिषेश केसीले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला स्तरिय नेता, नेविसंघका नेता र रुकुमेली क्याम्पसका विद्याथीर्हको सहभागिता रहेको थियो ।।