स्यार्पुतालमा मोटरबोट

स्यार्पुतालमा मोटरबोट

"0" Comments

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ३ र ५ मा फैलिएको स्यार्पुतालमा मोटरबोट सञ्चालनमा आएको छ । उक्त तालमा सोमबार देखि मोटरबोट सञ्चालनमा आएको हो । स्यार्पुतालमा मोटरबोट सञ्चालनमा आएको यो पहिलो पटक हो ।

वडा नम्वर ३ मा होटल तथा डुङ्गा व्यवसाय गर्दै आउनुभएका दरिभान पुरीले व्यत्तिगत लगानीमा मोटरबोट सञ्चालनकम ल्याएका हुन् । ‘स्यार्पुताल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको र घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै मैले मोटरबोट सञ्चालनमा ल्याएको हुँ । नयाँ मोटरबोट ल्याएसंगै घुम्न आउनेहरुको पहिलो रोजाइमा मोटरबाट नै पर्ने गरेको छ ।’, पुरीले भने ।

उनले इटहरीबाट १८ लाखमा मोटरबोट रुकुम पश्चिममा ल्याएका हुन् । मोटरबोट चढेर तालमा एक फन्को लगाए बापत पर्यटकले ३ सय रुपैँया तिर्नु पर्छ । मोटरबोटमा भिडियो र फोटो खिच्न क्यामेराको पनि व्यवस्था पनि रहेको उनको भनाई छ । एक पटकमा चालक सहित ९ जना सम्म मोटरबोटमा चढ्न मिल्ने पुरीले बताए ।

मोटरबोटबाट एक दिनमा ४० हजार आम्दानी गर्ने गरेको उनले बताए । आज बुधबार मात्रै १ सय ४० जना मोटरबोट चढेका थिए । आज मात्रै ४० हजार आम्दानि भएको पुरीले बताए । अहिले चालक राखेको उहाँको भनाई छ । उहाँले स्यार्पुमै डुङ्गा चलाउन लागेको १५ बर्ष भएको छ ।

सुरुमा चार वटा काठको डुङ्गाबाट व्यवसाय सुरु गरेको उहाँले दुई वटा र्याप्टिङ, दुई वटा पैदलडुङ्गा र अहिले मोटरबोट पनि सञ्चालनमा ल्याएका हुन् । उनले गाउँपालिकामा व्यवसाय दर्ता नै गरेर डुङ्गा सञ्चालन गर्दै आएका छन् । अहिले स्यार्पुतालमा पानीको सतह बढेका कारण पनि यहाँ घुम्ने पर्यटकको सख्या धेरै हुने गरेको छ ।।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *