रुकुम पूर्वमा गत आर्थिक बर्षमा १८ सय २२ क्विन्टल खाद्यको चामल बिक्रि
रुकुम पूर्वमा गत आर्थिक बर्षमा १८ सय २२ क्विन्टल खाद्यको चामल बिक्रि
रुकुम । रुकुम पूर्वमा गत आर्थिक बर्ष २०८०/८१ मा १८ सय २२ क्विन्टल खाद्यको चामल बिक्रि भएको छ । धान खेति निकै कम हुने लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग धेरै रहेको छ ।
गत आर्थिक बर्षमा २२ सय ४० क्विन्टल चामल जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखामा आएकोमा १८ सय २२ क्विन्टल चामल विक्रि भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए । “खाद्यको चामल निकै माग हुने गरेको छ । यो जिल्लामा धान उत्पादन एकदमै कम हुन्छ । बजारको चामलको मुल्य भन्दा कम मुल्यमा चामल पाईने भएका कारण पनि खाद्यको चामलमा आर्कषन बढेको हो ।”, प्रमुख खड्काले भने ।
चालु आर्थिक बर्षमा जिल्लामा चामल नआएका कारण ४ सय १८ क्विन्टल चामल भने मौजात राखिएको छ । रुकुमकोटमा रहेको खाद्यको शाखा र तकसेरा बिक्रिकेन्द्रबाट जिल्लामा खाद्यको चामल विक्रि हुने गरेको प्रमुख खड्काले बताए । तकसेरा बिक्रि केन्द्रबाट गत आर्थिक बर्षमा ५ सय ५० क्विन्टल चामल बिक्रि भएको छ ।
सिस्ने गाउँपालिकामा सबै भन्दा धेरै चामल बिक्रि हुने गरेको छ । सिस्ने पछि भुमे गाउँपालिकामा रुकुमकोट शाखाबाट चामल बिक्रि हुने गरेको प्रमुख खड्काले जानकारी दिए । उनका अनुसार पुथाउत्तरगंगा गाउँपालिकामा भने तकसेरा बिक्रि केन्द्रबाट चालम बिक्रि हुने गरेको छ ।
त्यस्तै जिल्लाको विभिन्न ठाउँलाई लक्षित गर्दै संरक्षण बहुउद्श्य सहकारी संस्थाले पनि चामल बिक्रि गर्दै आएको छ । गत आर्थिक बर्षमा कार्यालयकै मुल्यमा सहकारीले ७ सय ७५ क्विन्टल चामल बिक्रि गरेको थियो । सहकारीले सिस्ने गाउँपालिका रुमालबारा, टाकुराचोक बजार, छिप्रिदह, पोखरा, पाङ्गा लगायत ठाउँमा बिक्रि गरेको हो ।
सहकारीबाट खाद्यको मुल्यमा चामल पाए पछि उपभोक्त खुसि भएका छन् । वजारको चामल भन्दा सस्तोमा खाद्यको चामल सहकारी मार्फत पाउदा सहज भएको सिस्ने ५ का कमल गौतमले दिए ।